शनिबार एसइइको डान्स च्याम्पियनसिप, फाईनका २७ जना


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ असार

चौथो ‘एसइइ डान्स च्याम्पियनसिप’ को फाईनल भोली असार २३ गते शनिबार दिउँसो १ः३० बजेबाट काठमाडौंको जमल स्थित नाचघरमा हुने भएको छ । उपप्रधान मन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा यो कार्यक्रम आयोजना हुने भएको छ ।

यो प्रतियोगिताको फाईनलका लागि चयन भएका २७ जनाले प्लट टु (११ र १२) कक्षा अध्ययानका लागि छात्राबृत्ति पाउने भएका छन् ।

फाईनल प्रतिस्पर्धाका लागि काठमाडौंबाट १० जना र बाँकी सात प्रदेशबाट १७ जना गरी कुल २७ जना विधार्थी चयन भएका छन् । यसरी फाईलनमा छानिएका प्रतियोगीहरुमा आस्बिन गुरुङ, आशा राई, अनुषा महत, विनिता कुमाल, धर्ती विष्ट मगर, इल्जिसा कार्की, हस्तकुमारी जोशी, जेसिका राज्यलक्ष्मी ठकुरी, कृति थापा, पवित्रा पूर्वाछाने, प्रदिप लामा, प्रसान्ती अधिकारी, रौनक सिंह, रोसनी अधिकारी, रुमिका राई रहेका छन् ।

फाईनलमा छानिएर छात्राबृत्ति पाउने बाँकी प्रतियोगीमा सहिस्मा खड्का, समीक्षा कार्की, सन्तोषी तामाङ, श्रेली लिम्बु, सृँगार श्रेष्ठ, सोनियाँ खत्री, स्वीकृत योगी, योङजुम शेर्पा, युनिक खतिवडा, सुरज लुवागम, लाजिव शाही ठकुरी र कमला मिश्रा रहेका छन् । अन्तिम प्रतिस्पर्धाको निर्णायकमा नृत्य निर्देशकहरु कृष्णप्रसाद पौडेल, प्रेम श्रेष्ठ र सुरेन राई रहेका छन् ।

अन्तिम प्रतिस्धर्पाबाट यो प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ, द्धितीय हुनेले ५० हजार रुपैयाँ र तृतीय हुनेले ३० हजार रुपैयाँ नगद सहित ट्रफी र विभिन्न पुरस्कार पनि प्राप्त गर्ने आयोजक महेश गोदारले जानकारी गराएका छन् ।

यसरी यो अन्तिम प्रतिस्पर्धामा चयन २७ जनालाई नै कक्षा ११ र १२ को अध्ययनका लागि पूर्ण छात्राबृत्ती दिईने सहयोगी संस्था हिसानका अध्यक्ष एवम् गोल्डेन गेट कलेजका प्रिन्सिपल रमेश सिलवालले बताएका छन् ।

माविहरुको संस्था ‘हिसान’को सहकार्यमा काठमाडौंको कपनमा रहेको बज्रायोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । नयाँ पुस्तालाई नेपाली लोक नृत्यतर्फ आकर्षित गर्दै मुलुकको लोक संस्कृतिको जगेर्ना गर्ने उदेश्यले एसइइ दिएर बसेका विधार्थीहरुबीच आधा दशक अघिबाट यो प्रतियोगिता सुरु गरिएको नृत्य निर्देशक महेश गोदारले बताए । उनका अनुसार भोलीको अन्तिम प्रतिस्पर्धाका लागि फाईनल प्रतियोगीहरु अहिले नृत्य अभ्यासमा व्यस्त छन् ।