स्तव्ध तुल्यायो ब्लाइन्ड रक्स्को ट्रेलरले


काठमाडौं । दृष्टी बिहिन भएर पनि आफ्नो छुट्टै परिचय बनाएकी कुशल बक्ता एवँ नृत्यँगना सृष्टि केसीको जीवनकथालाई १८ फागुनबाट चलचित्र हलको पर्दामा हेर्न पाईने भएको छ ।
सामाजिक सञ्जाल युट्युवमा उनको जीवन कथाका केही पीडादायी दृष्य देखेपछि बेलायत निवासी निकेस लिम्बुले उनलाई भेटेर सृष्टीको जीवनीमा आधारित चलचित्र ‘ब्लाइन्ड रक्स्’ निर्माण गरेका हुन् ।
बेलायतमा प्रिमियर सहित डेढ दर्जन च्यारिटी शो गरिएको यो चलचित्रको अफिसियल ट्रेलर मँगलबार काठमाडौंमा सार्वजनिक गरिएको छ । यसको ट्रेलरले नै कार्यक्रममा सञ्चारकर्मीलाई स्तब्ध तुल्यायो ।
ट्रेलर सार्वजनिक समारोहमा सृष्टीले भनिन्,‘दृष्टी गुमाएपछि केही समय यात्रा बिहिन भएकी थिएँ, तर त्यसपछि फेरी मेरो जीवनको नयाँ यात्रा सुरु भयो । तर मेरो जीवनमै फिल्म बनेपछि यसले मेरा थप हजार आँखा खुलेका छन् ।’ फिल्म निकै राम्रो बनेको उनले बताईन् । चलचित्र हेरेर सुझाव दिन उनले अनुरोध गरिन् । आफ्नो भूमिकालाई बेनिशा हमालले निकै राम्रोसँग निर्वाह गरेको उनले बताईन् ।


अभिनेत्री बेनिशा हमालले सृष्टीसँग तीन महिनासँग गर्दा उनलाई नजिकबाट बुझेर सृष्टीको रुपमा आफुलाई प्रस्तुत गर्न सजिलो भएको बताईन् । निर्देशक मिलन चाम्सले प्रस्ताव गरेको दुई चलचित्र मध्य आफुले ब्लाइन्ड रक्स् रोजेर सही निर्णय गरेको उनले जिकिर गरिन् । सृष्टी बन्न आफुलाई निकै गाह्रो भएको र अहिले पर्दामा फिल्म हेर्दा आफ्नो कामबाट आनन्द मिलेको पनि बेनिशाले बताईन् ।
निर्देशक मिलन चाम्सले ब्लाइन्ड रक्स्लाई व्यबसायिकता भन्दा पनि एउटा जीवन कथामा आधारित राम्रो बायोपिक चलचित्र बनाएको बताए । अहिलेसम्म आफुले निर्देशन गरेको मध्य फरक सन्तुष्टी ब्लाइन्ड रक्स्बाट मिलेको पनि उनले खुलासा गरे । मिलनका अनुसार यो चलचित्रमा बेनिशासँगै अर्पण थापा, गौरी मल्ल, बसन्त भट्ट, मनोज केसी सहितको अभिनय रहेको छ ।

 

https://mail.google.com/mail/u/0/#inbox/1616a7e3b191ef13?projector=1