चार नेपाली श्रष्टा भारतमा ‘भारत गौरव सम्मान-२०२३’ बाट सम्मानित

ब्युटी न्युज नेपाल
लखनऊ १५ जेष्ठ (भारत)

पछिल्लो समय नेपाली कलाकारहरु भारतमा सम्मानित हुने क्रम बढेको छ । यही बढ्दो क्रममा भारतमा चार नेपाली कलाकारहरु ’भारत गौरव सम्मान, २०२३’ बाट सम्मानित भएका छन ।

यसरी भारतको लखनउमा सम्मानित हुनेहरुमा मोडल एवम अभिनेत्री नितु कोईराला, पत्रकार सरोज ओझा, गायक एवम् संगितकार बिनोद ढकाल र समाजसेवी सुशिला थापा रहेका छन । उनीहरुलाई विश्व मानव अधिकार परिषद भा।तले उक्त सम्मानबाट आईतबार विभुषित गरेको हो ।

जेष्ठ १४ गते लखनऊ स्थित उर्दु एकेडेमी सभाहलमा आयोजित कार्यक्रममा भारतस्थित विभिन्न राज्य एवं नेपाललगायत बिभिन्न मुलुकका नागरिकहरुलाई सम्मान प्रदान गरिएको थियो।

सो अवसरमा उच्च प्रहरी अधिकारी, सामाजिक अभियान्ता, पत्रकार, कलाकार, चिकित्सक लगायतलाई मेडल, प्रमाणपत्र एवं ट्रफीबाट सम्मानित गरियो । जसमा कास्मीरका आईजिपी कार्फ एम एस भाटिया, आईपिएस डिआईजी सभाराज, सुजित कुमार सिंह, आईपिएस अफिसरहरु सिमआ नावी, तनुश्रीलाई लाईफटाईम एचिवमेन्ट अवार्ड समर्पण गरिएको थियो।

भारतमा प्रसिद्दि कमाएका टिभी आर्टिस्ट रेखा शर्मा, सामाजिक अभियान्ता एवं कलाकार ममता राजपुत, टप न्युजकी निधी सिंहलगयतलाई सोही समारोहमा उक्त अवार्ड बाट सम्मानित गरिएको छ ।

विश्व मानवाधिकार परिषदका अध्यक्ष डा. एम. आर. अन्सारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अनवासल हक, राम अकवाल, बहादुर सिंह लगायतको विशेष उपस्थितिमा अवार्ड समारोह सम्पन्न भएको हो ।