यस्तो देखिए डमरुको डन्डीबियोमा खगेन्द्र


काठमाडौं । चलचित्र ‘डमरुको डन्डीबियो’को फस्ट लुक्स (पोष्टर) सार्वजनिक गरिएको छ । मँगलबार बिहान सार्वजनिक गरिएको दुई पोष्टरमा अभिनेता खगेन्द्र लामिछानेलाई सोलो रुपमा उतारिएको छ ।
यही चलचित्रबाट लेखक छेतन गुरुङ निर्देशकको रुपमा डेब्यु गर्दैछन् । जसमा खगेन्द्रसँगै मेनुका प्रधान, बुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, आसन्त शर्मा, लक्ष्मी बर्देवा सहितको अभिनय छ ।
हरि हुमागाईंले खिचेको यो चलचित्रलाई बिनोद गुरुङ र सुमी श्रेष्ठ घलेले निर्माण गरेका हुन् ।