कृको प्रचारमा अनमोलको नयाँ लुक्स्


काठमाडौं । चर्चित अभिनेता अनमोल केसीको प्रतीक्षारत चलचित्र ‘कृ’ २६ माघबाट देशव्यापी प्रदर्शनीमा आउँदैछ । यतीबेला यो फिल्मको प्रचारमा अनमोललाई भ्याई नभ्याई छ । यो चलचित्रको प्रचारमा अनमोल हलुका जुँगा सहित नयाँ लुक्समा सार्वजनिक भएका छन् ।


तीन दिन अघि मात्र यो चलचित्रको मैले जानी नजानी…गीतलाई स्कटल्याण्डको विभिन्न सुन्दर स्थलमा छायाँकन सकेर आएका उनी कृ की अभिनेत्री अदितीसँग सोमबार पत्रकार सामु आएका हुन् । गीतको सार्वजनिक कार्यक्रम र आफ्ना उत्कृष्ट १० प्रसँसकलाई विशेष उपहार दिन उनी कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा यो गीतको भिडियो रिलिज गरियो । अनमोलले गीत छायाँकन गर्दाको अनुभव सुनाए । अतिदीले पनि आफ्नो अनुभव सुनाईन् । अनमोलसँग आफ्नो केमेस्ट्री निकै राम्रो भएको उनले बताईन् ।
डाबर प्रो स्टाईल हेयर वयलले आयोजना गरेको सो कार्यक्रममा आफ्ना करिब दुई लाख मध्यबाट उत्कृष्ट १० चयन भएका प्रसँसकलाई अनमोलले डबरको उपहार सहित २५ माघको कृको प्रिमियर टिकट पनि दिए ।
कार्यक्रममा यसका निर्देशक सुरेन्द्र पौडेल, निर्माताद्धय भुवन केसी र सुवास गिरीले पनि स्कटल्याण्डमा गीत छायाँकन र निर्माणको अनुभव सुनाए ।
सो कार्यक्रममा यस्ता देखिए अनमोल र अदिती –