सुनिलको गीतारकर्ड पुस्तक बिमोचित


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ चैत

पुस्तक अ कम्प्लिट गितारकर्ड बुक लोकार्पण गरिएको छ । गितारिस्ट एवम् गायक सुनिल गुरुङको यो पुस्तक शुक्रबार ठमेलमा एक विशेष समारोहबीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । पुस्तकका लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले पुस्तकको लोकार्पण गरेका हुन् ।

यो पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको अतिथिहरूले बताए । उनीहरुले गीटार सिक्न चाहनेका लागि यस्तो खालको पुस्तक नेपाली पाठकमाझ नआएकाले यो धेरै उपयोगी हुने जिकिर गरे।

सुनिल गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुन् । उनले सन् १९८२ मा स्ट्रिङ्गस ब्याण्ड खोलेका थिए । यो ब्याण्डमा उनीसँगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर थिए ,। यस ब्याण्डमा पछि वासु खड्का, सुनिल सिंह, प्रवीन श्रेष्ठ, सोनम श्रेष्ठ रहे भने अहिले सरोज शाहीले यसलाई अगाडि बढाइरहेका छन् । यसमा अहिले सरोजसँगै दिपक प्रधान, कुन्दन जोशी, शरण देउला र सौरभराज जोशी छन् ।