राजेश पायलको काली कालीमा गजित र गम्भिर


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ चैत

गायक राजेश पायल राईको स्वरमा नयाँ गीत ‘काली काली…’को भिडियो सार्बजनिक भएको छ । यो गीतलाई टी.एन आचार्यले लेखेका हुन् । गीतमा लक्ष्मण पोख्रेलले संगीत गरेका छन् ।

यो गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा अभिनेता दाजु भाई गजित बिष्ट र गम्भीर बिष्टले अभिनय गरेका छन् । यस अघि पनि जोडीको रुपमा गजित र गम्भिरले राम्रा भिडियोहरु दर्शकमाझ प्रस्तुत गरिसकेका छन् । यसपटकको यो भिडियोमा पनि दाजु भाईको जोडी निकै आकर्षक देखिएको छ । यी दुईको महिला मोडलको रुपमा सामारिका ढकाल छिन् ।

गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा कोरियोग्राफर हुन । गजितले चलचित्रमा समेत काम गरिसकेका छन । आफुहरुले लामो अन्तरालपछि एउटै गीतमा प्रतिस्पर्धी भएर काम गरेको गजितले बताएका छन् ।

यो गीतको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन । टी.एन आचार्यले नै निर्माण गरेको गीतलाई बिकास नेपालले कोरियोग्राफी गरेका छन ।

‘द प्रिमियर प्रोडक्सन’ बाट भिडियो सार्वजनिक भएको छ । यो गीतमा अशोक थापाको संगीत संयोजन, मनोज डँगोलको मिक्सिङ र दिनेश पराजुलीको छायाँकन रहेको छ ।