काठमाडौं । काठमाडौंको रबी भवन स्थित ‘रोज ब्युटी पार्लर एन्ड टे«निङ सेन्टर’ र ‘रोज सिप विकाश तालिम केन्द्र’की अध्यक्ष हुन् सोनी कारञ्जित (सुन्दरी जोशी कारञ्जित) ।


सोनीले सौन्दर्य पेशालाई अँगालेको १५ वर्ष पुरा भयो । २०३२ सालमा पर्वत जिल्लाको कुस्मा बजारमा जन्मिएकी उनी सौन्दर्य सम्बन्धि स्कुले जीवन देखि नै आकर्षित थिईन् ।
‘स्कुल पढ्दा खेरी नै आफ्नो कपाल कोरिबाटी देखि जानी नजानी आफ्नो मेकअप म आफैं गर्थेँ । त्यतिबेला गाजल, लिपिस्टिक, पाउडर, क्रिम लगाएर स्कुल जाँदा सबैले मलाई कस्ती सुन्दरी भएर आएकी तिमी भन्थे ।’ सोनीले भनिन्, ‘अझ दिदीहरुको भ्यानिटिक बक्सबाट गाजल, लिपिस्टिक, क्रिम, पाउडर सहित मेकअपको सामान चोरी चोरी लगाउँदा दिदीहरुले मलाई बेला बेलामा कुट्नु हुन्थ्यो ।’
दिदीहरुको हप्कीले आफुलाई यस्तो सामान प्रयोग गरेर झन सुन्दर बन्न प्रेरणा जागेको उनले बताईन् । त्यो प्रेरणाले आफुलाई ब्युटिसियन बनेको उनको भनाई छ ।
२०५८ सालमा एसएलसी दिएपछि ६ महिना रिजल्ट कुर्ने क्रममा काठमाडौं आएकी उनी व्युटिसियन सम्बन्धि प्रशिक्षण लिन चाहन्थिन् । तिरी दिदीले सिलाईको लागि टेलरिङमा भर्ना गरिदिएपछि उनले ६ महिनाको टेलरिङ प्रशिक्षण लिईन्, ‘तर मलाई व्युटिसियन नै बन्ने चाहना भएकाले टेलरिङको प्रशिक्षण सकिएपछि नायिका मौसमी मल्ल दिदीसँग मौसमिज् व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा व्युटिसियन ट्रनिङ लिएरै छाडेँ ।’ सोनीले भनिन् । यसरी आफुले व्युटी पार्लरको तालिम २०५८ मा लिएपछि व्युटिसियन पेशा सुरु गरेको पनि उनले बताईन् ।


व्युटिसियनको प्रशिक्षण लिए लगत्तै काठमाडौंको रबी भवनमा रोज व्युटी पार्लर स्थापना गरेकी सोनीले सो पार्लरबाट पाँच वर्ष व्युटीसम्बन्धि सेवा दिईन् । त्यसपछि बल्ल त्यसलाई ट्रेनिङ सेन्टरको रुपमा परिणत गरेको उनले प्रकाश पारिन् ।
‘रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खोलेर दुई वर्ष पार्लर सम्बन्धित तालिम दिएपछि नेपालमा बेरोजगार युवा युवतीलाई लक्षित गरेर लगत्तै अन्य प्रशिक्षण कार्य सुरु गरेँ ।’ सोनीले भनिन्,‘ जसका लागि रोज सिप बिकाश तालिम केन्द्र स्थापना गरेर मैले बिगत ८ वर्ष देखि सिलाई कटाई, मोवाईल मर्मत, मेहन्दी आर्ट, नेल आर्ट, हेयर डेकोरेशन फ्लावर, मखमली चप्पल, विभिन्न पेन्टिङ युक्त उपहार सामग्री सम्बन्धि सिपमुलक तालिम दिँदै आएकी छु ।’

 


सि.टि.इ.भि.टी.बाट सम्बन्धन प्राप्त रोज व्युटी पार्लर एबम् ट्रेनिङ सेन्टर र रोज सिप विकाश तालिम केन्द्रबाट आफुले वार्षिक करिब पाँच सय जनालाई विभिन्न प्रशिक्षण दिँदै रोजगारीमा प्रेरित गरेको उनले बताईन् । हालसम्म आफ्नो तालिम केन्द्रबाट ४ हजार भन्दा बढीले विभिन्न सिप सिकेर सम्बन्धि पेशा अपनाएको पनि उनले जिकिर गरिन् ।
आफु पनि सि.टि.इ.भि.टी.को व्युटी सियन सम्बन्धि मुल्याँकनकर्ता (टेस्ट एसेसर) सोनीले जनजाति, दलित, गरीब, बिपन्न, एकल महिला समुदायलाई व्युटिसियन सम्बन्धि विभिन्न तालिम प्रदान गर्दै आएकी छिन् । व्यबसायसँगै सामाजिक कार्यमा पनि रुची राख्ने उनी यस्तो समुदायलाई सिप सिकाएर रोजगारमा स्थापना गर्दा अनन्द मिल्ने गरेको अनुभव उनले सुनाईन् ।

 


आफ्नो कार्यलयबाट १० जनालाई मासिक रोजगार दिँदै आएकी सोनीले अस्थायी रुपमा २० जनासम्मलाई हरेक वर्ष रोजगार दिने गरेकी छिन् । नेपालमा व्युटिसियन पेशा पनि विस्तारै सम्मानित हुँदै गएको यी व्युटिसियनको भनाई छ ।
विश्वमा व्युटी सम्बन्धि विभिन्न नयाँ नयाँ प्रविधि र तरिका आउने हुँदा आफु त्यस सम्बन्धि नियमित अपडेट भएर सोही अनुसार नयाँ नयाँ प्रविधि र शैली आफुले भित्राउने र अपनाउने गरेको पनि उनले बताईन् ।
आफुसँगै आफ्नी छोरी परिसी कारञ्जितलाई पनि यही पेशामा ल्याएकी छिन् । सो तालिम केन्द्रकी निर्देशक परिसी मोडलसँगै आफैंमा कुशल मेकअप आर्टिस्ट र व्युटिसियन पनि हुन् ।