फिल्म नभएपछि भिडियोमा व्यस्त एलिशाको झयाईं झ्याईं


काठमाडौं । चलचित्र लुट २ को चर्चा पछि सो चलचित्रकी अभिनेत्री तथा नृत्यांगना एलिशा राईले अरु फिल्म पाएकी छैनन् । फिल्म रिलिज भएको एक वर्ष बितिसक्दा पनि भनेको जस्तो फिल्म नपाएपछि उनी म्युजिक भिडियो र स्टेज कार्यक्रममा केन्द्रित हुनु परेको छ । सिनेमा नभएको समयलाई सदुपयोग गर्दै उनी एक पछि अर्को गर्दै म्युजिक भिडियो व्यस्त रहँदै आएकी छिन् ।

यसै क्रममा उनले मासिक आठ ओटासम्म म्युजिक भिडियो गर्न थालेकी छिन् । यसरी भिडियो गर्ने क्रममा यी अभिनेत्रीले गायिका सरु राई सरस्वतीको नयाँ गीत ‘झ्याईं झ्याईं झ्याईं…’ को भिडियोमा अभिनय गरेकी छिन् । उनलाई यो गीतमो जोडीको रुपमा निराजन प्रधानले साथ दिएका छन् । सामाजिक सञ्जालय युट्युवबाट सार्वजनिक गरिएको यो गीतको शब्द संगीत पनि गायिका सरु राईकै हो । प्रदीप जोशीले यो गीतको संगीत संयोजन गरेका हुन् ।

गीत आफैंमा नृत्य शैलीमा छ । भिडियो हेरेपछि दर्शकलाई एशिलाकै सैलीमा नाचौं नाचौं लाग्छ । यो भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् । जसमा उत्सव दाहालको छायांकन, निशान घिमिरेको सम्पादक रहेको छ । भिडियोलाई दर्शकले रुचाएका छन् । आफ्नै गीतसँगै यो भिडियोले युट्युवमा राम्रो भिवर्स पाउनेमा सरु आशाबादी छिन् ।