ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ फागुन

बालबालिकाहरुको गायन सम्बन्धि रियालिटी सो ‘द भ्वाइस किड्स नेपाल सिजन–२ ’बाट राजु लामा हटाईएका छन् । उनको ठाउँमा कोचमा अर्का गायक सुशान्त केसीलाई बिहिबार अनुबन्धित गरिएको छ । यो रियालिटी शोको प्रसारण यही २६ फागुनबाट सुरु हुने आयोजक पक्षले काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा जनाएको छ ।

यसपटक भ्वाइसको टीममा राजुको ठाउँमा सुशान्त भित्रिए पनि बाँकी कोच पुरानै रहेका छन् । बाँकी कोचहरु प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार छन् ।

 

सधै झैं यसपटक पनि पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ एपिसोडहरु प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन् ।

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । हरेक कोचको टीममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।