काठमाडौं । चलचित्र कृका अभिनेता अनमोल केसीले सोही चलचित्रकी अभिनेत्री अदिती बुढाथोकीमा एउटा पत्नीमा हुनु पर्ने सबै असल गुण भएकाले भविष्यमा अदिती आफ्नो पत्नी हुन सक्ने बताएका छन् ।
यसरी पत्नी हुन सक्ने अदितीसँग उनले स्कटल्याण्ड पुगेर प्रेम गरेको छन् । प्रदर्शनीको तिथि नजिकिँदै गर्दा चलचित्र कृको एउटा गीतमा अभिनय गर्दा यी जोडी प्रेममा चुर्लुम्म डुबेको यसका निर्देशक शुरेन्द्र पौडेलले बताए छन् ।
मैले जानी नजानी…गीतलाई स्कटल्याण्डको विभिन्न सुन्दर स्थलमा छायाँकन गरिएको यसका निर्माता सुवास गिरीले बताएका छन् । अद्धिती र अनमोल सहित युनिटमा गएका आफु भुवन केसी, सहित १२ जनाको टोली गीतको त्यहाँ तीन दिनको गीतको छायाँकन सकेर काठमाडौं फर्किएको पनि गिरीले बताए । चलचित्र कृ यही २६ माघबाट देशव्यापी प्रदर्शनी हुँदैछ ।


‘गीतको पोष्ट प्रोडक्सन तिब्र गतीमा भईरहेकोले २२ माघमा तयार गरेर सोही दिन पत्रकार सम्मेलन मार्फत हामी रिलिज गर्दैछौं । सँगै युट्युव मार्फत पनि यो गीत रिलिज हुनेछ ।’ निर्माता गिरीले व्युटी न्युज नेपालसँग भने ।
उनका अनुसार यो गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । गीतलाई त्यहाँ छायाँकार पुरुषोत्तम प्रधानले खिचेको पनि निर्देशक पौडेलले जानकारी गराए । गीतको भिडियोमा विक्रम लामा र एन्जिलिना खत्रीको नृत्य निर्देशन रहेको छ ।


यो चलचित्रको यस अघिको गीत यती यती पानी गँगै रानी…को भिडियो ६१ लाख पटक युट्युवमा हेरिसकिएको छ । मैले जानी नजानी…गीतको भिडियोलाई अझ बढी रुचाईने विश्वास निर्माण पक्षको छ ।
चलचित्र कृमा अनमोल र अदितीसँगै अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारले अभिनय गरेका छन् । कृलाई सुवास गिरी, अभिनेता भूवन केसीसँगै कमल गिरी र श्री पराजुली निर्माण गरेका हुन् ।