मरिसकेका पशुपतिप्रसाद अब पशुपतिप्रसाद २ भस्मे डनमा जिवित होलान ?


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ माघ

चलचित्र पशुपतिप्रसादमा मुख्य नायक पशुपतिप्रशादको हत्या हुन्छ । उनको दाहसँस्कारसँगै फिल्म सकिन्छ । पशुपति प्रसाद रिलिज भएको सात वर्षपछि यसको सिक्वेल नयाँ चलचित्र ‘पशुपति प्रसाद २– भस्मे डन’ बन्ने भएको छ ।

भस्मे डनमा फेरी पशुपतिप्रसाद प्रस्तुत हुन्छन भन्ने धेरैको अनुमान छ । के अघिल्लो फिल्ममा मरिसकेका पत्र फेरी अर्को फिल्ममा ज्युँदै प्रस्तुत हुन्छन त ? हुन पनि सक्छन भन्ने कथन निर्माण पक्षको छ । यसो हो भने यो दोश्रो सृँखला पक्कै रोचक हुन छ । तर पशुपतिप्रसाद अब पशुपतिप्रसाद २ भस्मे डनमा कुन रुपमा आउँछन भन्नेकुरा आगामी दशैंको फुलपातिमा मात्र थाहा हुनेछ । किनकी यो दोश्रो सृँखला फुलपातिको दिन रिलिज हुने जानकारी निर्माण पक्षले आईतबार काठमाडौंमा आयोजित घोषणा समारोहमा बताएको छ ।

काठमाडौ)मा आईतबार आयोजित यो फिल्मबारे पत्रकार सम्मेलनमा यसका निर्देशक दीपेन्द्र के खनालले अब फागुनबाट पशुपतिप्रसाद २ भस्मे डनको छायाँकन सुरु हुने बताए । उनका अनुसार पशुपति प्रसादमा भस्मेडन खल चरित्रमा थिए । यो सिक्वेल चलचित्रमा भने उनी मुख्य भूमिकामा हुने छन् । पशुपति प्रसादको कथा जहाँबाट समापन हुन्छ भस्मेडनको कथा त्यहीबाट सुरु हुने छ ।
पशुपतिप्रसादका कलाकारहरु विपिन कार्की, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापामगर, विभू पौडेल, प्रकाश दाहाललगायतका कलाकार मुख्य भूमिकामा हुन्छन नै । यो दोश्रो सृँखलामा सौगात मल्ल, स्वस्तिमा खड्का पनि जोडिएका छन् । यसमा वर्षा र स्वस्तिमा बीच दह्रो प्रतिस्पर्धा हुने बताईएको छ ।

यसपटक विपिन कार्की पुन भस्मे डनकै रुपमा मुख्य भूमिकामा हुने र उनकै सेरोफेरोमा कथा अघि बढ्ने बताएका छन् । तर सौगात मल्लको भूमिका कस्तो हुन्छ भन्ने धेरैलाई कौतुहलता छ ।यो चलचित्र कृष्ण भारद्वाज र सुवास भुषालको संगीत, निरज कँडेलको डिओपी, कृष्णबहादुर थापाको छायांकन र दिर्घ खड्काको सम्पादन रहनेछ । शंकर पाण्डेको प्रोडक्सन डिजाइनमा यो चलचित्र टुकी आर्टस प्रालिको ब्यानरमा निर्माण हुनेछ ।