पुजा शर्माले लाजै पचाएर गरिन यस्तो काम


गसिप

ब्युटी न्युज नेपाल
काठमाडौं, ११ माघ

अभिनेत्री पुजा शर्मासँग आजकाल हातमा फिल्म छैन । निर्देशक सुदर्शन थापाको क्याम्पबाट बाहिरिएपछि फिल्म बिहिन बन्दै गएकी पुजा पूर्ण फुर्सदमा छिन् । यहि फुर्सदमा उनले नयाँ काम थालेकी छिन् । त्यो हो बलिउडको फिल्मको प्रचार प्रसारमा उत्रनु ।

नेपालीमा एउटा उखानै छ, काम पाईनस बुहारी पाडाको खै कुन्नी के कन्या…। अभिनेत्री पुजा शर्माले पनि फिल्ममा काम पाउन छाडेपछि आजकाल यही उखानलाई चरितार्थ गर्न थालेकी छिन् । बुधबारबाट नेपालमा समेत रिलिज भएको बलिउड फिल्म पठानको प्रचार गर्न उनी हलमा पुगेकी छिन् । फिल्मका वितरकले यो फिल्मको प्रचारमा अभिनेत्री पुजालाई राम्रो प्रयोग गरेका छन् । एकजना सञचारकर्मीको सल्लाहमा पुजा बुधबार भारतीय फिल्म पठानको प्रचारमुखी केक काट्न सिनेमा हलमा समेत पुगिन् ।

नेपाली चलचित्र असफल भएको बेला स्वदेशी चलचित्रको समर्थन गर्नु पर्ने बेलामा उनी आफुलाई बलिउड अभिनेता शाहरुख खानको फ्यान भन्दै हलमा पुगेर फिल्म पठानको प्रचार मुखी केक काटिन् । अनि आत्मरतिमा रमेर सो फिल्म हेर्दै हलबाट बाहिरिएर आफुले काटेको त्यो फिल्मको केक सामाजिक सञ्जालमा राखिन र लेखिन्,“प्राउड टु बि युअर फ्यान” ।

अभिनेत्री पुजा शर्माको यो नौटँकी यतीबेला निकै आलोचनात्मक बनेको छ । चलचित्र विकाश बोर्डले नेपाली चलचित्रको प्रवर्धनका लागि त्यहाँको एउटा समितिमा राखेर स्वदेशी चलचित्रको प्रवर्धनको जिम्मेवारी सुम्पिएको यी नायिकाको भोलीका दिनमा फिल्म आएको खन्डमा बलिउडका कलाकारले हलमा पुगेर उनको फिल्मको केक काट्दै प्रचार प्रसारमा सघाउलान त ? यो प्रश्न पुजालाई नेपाली चलचित्रकर्मीको रहेको छ ।
अब नेपालमा बिदेशी फिल्म ल्याएर प्रचार गर्न भने बिदेशी फिल्मका वितरकलाई सजिलो भएको छ । किनकी त्यो फिल्मको केक बनाएर पुजालाई हलमा बोलाएर केक काट्न लगाउने । अनि जोड तोडका साथ पुजाले प्रचार गर्छिन । काम नपाएकी नायिका पुजालाई पनि काम मिल्यो । नेपालमा बिदेशी फिल्मको पनि प्रचार भयो । एक काम दुई पन्थको यो अवधारणा यहाँहरुलाई कस्तो लाग्यो ? पुजाको जय होस ।