कामना अवार्डमा छक्का पञ्जाको बर्चश्व


अग्रज छायाँकार मञ्जुकुमार श्रेष्ठ, अग्रज दम्पत्ति कलाकार एवँ नाट्यकर्मी हरिहर शर्मा र शकुन्तला शर्मा ‘कामना कृतिमान दीर्घ योगदान सम्मान–२०७४’बाट सम्मानित भएका छन्। नेपाली चलचित्र तथा रँगमञ्च क्षेत्रमा पाँच दशक भन्दा लामो समय देखि निरन्तर योगदान पु¥याएको ठहर गर्दै यी तीन अग्रज चलचित्रकर्मीलाई मँगलबार राजधानीमा सम्पन्न कामना फिल्म अवार्ड समारोहमा ‘कामना कृतिमय दीर्घ योगदान सम्मान–२०७४’बाट सम्मानित गरिएको हो। यो सम्मानले आफुहरुलाई चलचित्र क्षेत्रमा थप योगदान दिन अझ उत्साहित तुल्याएको यी तीन चलचित्रकर्मीले अवार्ड समारोहमा बताए।

कामना पब्लिकेशनले सिजी इन्टरट्रेनमेन्टको सहकार्यमा आयोगना गरिएको ‘कामना फिल्म अवार्ड–२०७४’ मा विभिन्न ८ विधामा अवार्ड जित्दै चलचित्र ‘छक्का पञ्जा’ उत्कृष्ट फिल्म बन्न सफल भएको छ। यस्तै चलचित्र गाजलु र डाईङ क्यान्डिलले पाँच÷पाँच विधामा अवार्ड जिते।

मँगलबार राजधानीको आर्मी अफिसर्स क्लबमा सम्पन्न सो अवार्डमा २०७३ मा प्रदर्शन भएका सबै चलत्रिचलाई उछिनेर छक्का पञ्जा उत्कृष्ट चलचित्र घोषित भएको हो । छक्का पञ्जाबाट दीपश्री निरौलाले उत्कृष्ट नव निर्देशकको अवार्ड चुमेको सो समारोहमा छक्का पञ्जाबाटै दीपकराज गिरीले उत्कृष्ट खलनायकको अवार्ड, केदार घिमिरे ‘माग्ने बुढा’ले उत्कृष्ट हास्य अभिनेता र जितु नेपालले उत्कृष्ट सह अभिनेताको अवार्डको प्राप्त गरे।

नृत्य निर्देशक कविराज गहतराजले छक्का पञ्जाकै पूर्व पश्चिम गीतको नृत्यमा उत्कृष्ट नृत्य निर्देशकको अवार्ड, दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरेले सँयुक्त रुपमा उत्कृष्ट सम्बादको अवार्ड, सुन न चम्पा…गीतबाट कृष्ण काफ्लेले उत्कृष्ट गायकको अवार्ड हाँसिल गरे।

उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र गाजलुबाट हेमराज बिसीले चुमेको सोही समारोहमा हेमराजलेनै गाजलुबाट उत्कृष्ट कथाको अवार्ड पनि हाँसिल गरे। कामना फिल्म अवार्डमा चलचित्र गाजलुले पाँच बिधामा अवार्ड जित्यो । गाजलुबाटै श्रृष्टी श्रेष्ठले नब अभिनेत्रीको अवार्ड थापिन्। यस्तै सुरेन्द्र पौडेलले उत्कृष्ट सम्पादकको अवार्ड र उत्तम न्यौपानेले उत्कृष्ट ध्वानी मिश्रणको अवार्ड पनि गाजलुबाटै जिते।

अवार्ड समारोहमा यो वर्षको उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र डाईङ क्यान्डिलबाट सृजनाले सुब्बाले प्राप्त गरे। डाईङ क्यान्डिलले जुरी अवार्ड पनि प्राप्त ग¥यो । यही चलचित्रबाट रबीन आचार्यले उत्कृष्ट छायाँकारको अवार्ड, लाक्पा सिँगे तामाङले उत्कृष्ट बाल कलाकारको अवार्ड र सरोज बुढाथोकीले उत्कृष्ट सृँगारको अवार्ड हाँसिल गरे यसरी डाईङ क्यान्डिलले पाँच विधामा अवार्ड पाएको छ। उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र जात्राबाट बिपिन कार्कीले हाँसिल गरे।

उत्कृष्ट नव अभिनेताको अवार्ड चलचित्र ‘के म तिम्रो हैन र?’बाट आर्यन अधिकारीले पाए। यही चलचित्रबाट हिमाल केसीले उत्कृष्ट द्धन्द्ध निर्देशकको अवार्ड, एलिस कार्कीले उत्कृष्ट पाश्र्व सँगीतको अवार्ड प्राप्त गरे।

यस्तै उत्कृष्ट सह अभिनेत्रीको अवार्ड चलचित्र होम वर्कबाट गौरी मल्लले, उत्कृष्ट गायिकाको अवार्ड चलचित्र किस्मत–२ बाट अञ्जु पन्तले, उत्कृष्ट गीतकारको अवार्ड चलचित्र शब्दको हरपल…गीतबाट कृष्णहरि बरालले, उत्कृष्ट सँगीतकारको अवार्ड चलचित्र लुट–२ को ठमेल बजार…गीतबाट कालिप्रसाद बासकोटाले, उत्कृष्ट पटकथाको अवार्ड चलचित्र जात्राबाट प्रदीप भट्टराईले हाँसिल गरे।

कोरियोग्राफी तथा फेशन तर्फको क्रिटिक्स अवार्डबाट कोरियोग्राफर रचना गुरुङ शर्मालाई र रँगमञ्च तर्फको क्रिटिक्स अवार्डबाट नाट्यकर्मी राज शाहलाई सम्मानित गरियो । यस वर्षको अभिनेत्री तर्फ पपुरल च्वाईस अवार्ड एसएमएस भोटको आधारमा अभिनेत्री केकी अधिकारीले हाँसिल गरिन भने सँगीत विधामा क्रिटिक्स अवार्डबाट गायिका इन्दिरा जोशीलाई दिईयो।

आयोजकका तर्फबाट कामना पब्लिकेशनका अध्यक्ष पुष्करलाल श्रेष्ठ र गीतकार एवँ कवि बसन्त चौधरीले कामना अवार्डको बारेमा प्रकाश पारेका थिए ।
दीपाश्री निरौला, प्रियँका कार्की देखि दिपाशा बिसीसम्मले विभिन्न नृत्यबाट कार्यक्रमको रौनकता बढाए । यस्तै अवार्ड समारोहलाई विभिन्न कलाकारले साँगीतमय तुल्याएका थिए।

अग्रज गायक प्रेमध्वज प्रधान र तारा थापाले चलचित्र माईतिघरको न आउ सामु यसरी…, अग्रज सँगीतकार÷गायक एवँ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्यठानका उपकुलपति शम्भुजीत बासकोटाले मिना निरौलासँग चट्ट रुमाल क्यामालुम…गीत गाउँदा दर्शकले तालीले निरन्त साथ दिए।

यही क्रममा मनदकृष्ण श्रेष्ठले हे भगवान मेरो…, तारा थापाले मेरो सपनामा…,आनन्द कार्कीले बनमा फुल्यो फुल…जस्ता गीतबाट कार्यक्रमलाई सँगीतमय तुल्याए। यस्तै रामकृष्ण ढकाल, यस बराल, युबराज चौलागाई, कृष्ण काफ्ले, दीपाश्री निरौला, ताराप्रकाश लिम्बुले पनि कार्यक्रममा आफ्ना चर्चित गीतहरु गाएका थिए।

कार्यक्रमलाई जितु नेपाल, नरेश भट्टराई र सुगरिका केसीले रोचक रुपमा अघि बढाउँदा केदार घिमिरे ‘माग्ने बुढा’ले आफ्ना पत्नीसँगको सहकार्यमा नेपाली चलचित्र उधोगको अबस्था बारे प्रहसन गरेर दर्शकलाई हँसाए। अवार्ड कार्यक्रम करिब पाँच घन्टासम्म चलेको थियो।