कस्मेटिक सर्जरीबाट बलिउड अभिनेत्रीका सुन्दर ओठ


बलिउड अभिनेत्रीहरु आफ्नो मुहारलाई सुन्दर राख्न बेला बेला मुहारको विभिन्न अँगको सर्जरी गरिरहन्छन्। यस्तै आफ्नो ओठलाई सुन्दर बनाउन बलिउडका एक दर्जन भन्दा बढी नायिकाहरुले ओठको सर्जरी गरिसकेका छन् । केही अभिनेत्री सर्जरीको तयारीमा छन् ।

अभिनेत्री श्रीदेबीले यो साता आफ्नो ओठको सर्जरी गरेकी छिन्। यस अघि उनको ओठ सानो र पातलो थिए । यसपटक उनले ओठको सर्जरी गरेर केही बाक्लो र ठुलो बनाएकी छिन् । श्रीदेबीले नाकको पनि सर्जरी गरेर अत्ति चुच्चो नाकलाई केही फरक बनाएकी छिन् । मुहारको चाउरीपन पनि प्लास्टिक सर्जरीबाट हटाएपछि उनी फरक देखिएकी छिन् । सर्जरी पछि कार्यक्रममा सार्वजनिक भएपछि श्रीदेबीको मुहार अर्कै देखिएको टिप्पणी बलिउडकर्मीले गरेका छन् । त्यसो त बलिउडमा धेरैजसो नायिकाहरुको ओठ सानो र पातलो थियो । केहीको भद्दा र नाक छुने ओठ थियो । उनीहरुले पालै पालो सर्जरी गरेर आफ्नो पाललो ओठ बाक्लो र ठुलो तथा भद्दा ओठ छरितो बनाएका छन् ।

अभिनेत्री ऐश्वर्य राय बच्चनको ओठ पनि पातलो थियो । उनले केही वर्ष अघि कस्मेटिक सर्जरी गरेर ओठ मोटो बनाएकी हुन् । अभिनेत्री आयसा टिकीयाले पनि आफ्नो ओठ प्लास्टिक सर्जरी मार्फत परिवर्तन गरेकी हुन् । पहिला उनको ओठ निकै फराकिलो र लाम्चो थियो । सर्जरीबाट उनले दुबै ओठ छरितो बनाएकी हुन् ।

अभिनेत्री अनुष्का शर्माको तल र माथि दुबै ओठ पातलो थियो । त्यसले उनको ओठ लाम्चो देखिएको थियो । कस्मेटिक सर्जरी मार्फत उनले तर र माथिको ओठ मोटो एवं आकर्षक बनाईन् । अभिनेत्री कँगना रनौतको ओठ त सिरुपाते थियो । अहिलेको निकै सुन्दर र मोठो ओठ उनको कस्मेटिक सर्जरी मार्फत नै सम्भव भएको हो ।

अभिनेत्री कैटरिना कैफको पनि बास्तविक ओठ पातलो र भित्र पसे जस्तो थियो । उनले कस्मेटिक सर्जरी मार्फत ओठलाई मोटो, बाहिर उठेको र आकर्षक बनाईन् । अभिनेत्री प्रिती जिन्टाको माथिको ओठ निकै पातलो र तलको पनि सामान्य थियो । अहिले उनको दुबै ओठ मोटो, बाक्लो र सुन्दर हुनुको रहस्य कस्मेटिक सर्जरी नै हो ।

अभिनेत्री प्रियँका चोपडाको दुबै ओठ मोटो भए पनि माथिल्लो ओठले हास्ने क्रममा नाच छुने गथ्र्यो । उनले कस्मेटिक सर्जरी मार्फत नाक र ओठ बीचको ग्याप घटाएकी हुन् । ओठलाई आकर्षक र अझ सुन्दर बनाईन् । यी बाहेर अरु पनि थुप्रै नायिकाहरुले आफ्नो ओठलाई कस्मेटिक सर्जरी मार्फत सुन्दर, मोटो, कामुक र आकर्षक तुल्याएका छन् । – मुम्बई, एजेन्सी