जेल जानु अघि पलले खेलेको भिडियो रिलिज


ब्युटी न्युज नेपाल
सुर्खेत, १५ असार

अभिनेता पल शाह अहिले कारागारमा छन् । नावालिका गायिकालाई करणी गरेको प्रकरणमा उनी जेलमा छन् । तर उनले त्यस अघि नै अभिनय गरेका म्युजिक भिडियोहरु बजारमा आएका छन् । यसै क्रममा नरहरि प्रेमीको शब्द रचना र सङ्गीत तथा राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वरमा रहेको प्रेमपरक भावको गीत चट्टै बस्यो नि मायामा पनि उनले यस अघि अभिनय गरेका थिए ।

यो गीतको भिडियो यतिबेला बल्ल रिलिज भएको छ । भिडियो युट्युब च्यानलबाट डिजिटल बजारमा यो भिडियो आएको हो । राजेन्द्र श्रेष्ठको सङ्गीत परिकल्पना रहेको यस गीतमा श्यामश्वेत रसाईलीको सङ्गीत संयोजन, मिक्सिङ र माष्टरिङ रहेको छ ।

भिडियो सुबोल थापाको कोरियोग्राफी र निकेश खड्काको निर्देशनमा छायाङ्कन भएको हो । जसमा वुद्ध थापाको सिनेम्याटोग्राफी र विकाश धमलाको दृश्य सम्पादन रहेको छ । पल शाहसँगै मलिका महतको अभिनय रहेको यो म्युजिक भिडिओ राजेन्द्र श्रेष्ठ र मनोज बस्नेतले निर्माण गरेका हुन् ।