अभिनेत्री सञ्चिता ‘मेरो डान्स कप यूएसए ४’को निर्णायकमा अनुवन्धित


ब्युटी न्युज नेपाल
काठमाडौं ३० जेठ

अभिनेत्री संचिता लुइटेलले एक चर्चित रियालिटी शोको निर्णायकमा अनुबन्धित भएकी छिन् । इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका(इन्ट्रा फाउन्डेशन)ले आयोजना गरेको ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए–२’को उत्कृष्ट १२ बीचको प्रतिस्पर्धा हुँदैछ । यो प्रतियोगिताको उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीहरुको बाँकी चरणको प्रतिस्पर्धा नेपालमा हुँदैछ । संचिता ‘मेरो डान्स कप यूएसए–४’को निर्णायकमा अनुबन्धित भएकी हुन् ।

नयिका संचिता लुइटेलले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभाहरुको चर्चित रियालिटी शोमा निर्णायकको भूमिकामा काम गर्न पाउँदा खुशी लागेको बताइन् ।

ग्यालेक्सी टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘मेरो डान्स कप यूएसए’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सत्य बिष्ट, सुमिका तामाङ, आयुष समाल लगायत छन् । संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको शोले नेपाली भाषी प्रतिभाहरुलाई विश्वमाझ चिनाउने आशा गरिएको छ । रियालिटी शोको निर्देशक एलिन श्रेष्ठ हुन् ।

‘मेरो डान्स कप यूएसए’को निर्णायकमा मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर वीसी, नरमान राई र संचिता लुइटेल पक्का भएका छन् । शोको नेपाल छायांकन ३१ जेठबाट सुरु गरिएको छ ।