आनन्दको उनी बोल्दिनन अचेलमा सरोज र करिश्मा


ब्युटी न्युज नेपाल
काठमाडौं ३० जेठ

गायक आनन्द कार्कीको स्वरमा नयाँ गीत ‘उनी बोल्दिनन् अचेल…’ भिडियो बजारमा आएको छ । गायक कार्कीले लामो समयपछि निकै मिठो गीत बजारमा ल्याएका छन् । यो गीतको भिडियोलाई युट्युवबाट सार्वजनिक गरिएको छ ।
यो गीतलाई देवेन्द्र केसीले लेखेका हुन् । जसमा अग्रज संगीतकार शक्ति बल्लभको संगीत रहेको छ ।

यो गतिको भिडियो ससक्त बनेको छ । जहाँ श्रीमान श्रीमतीको ससक्त दाम्पत्य सम्बन्ध र एक आपसको हेरचाहलाई प्रस्तुत गरिएको छ । असक्त श्रीमतीको स्याहार सुसारमा श्रीमानले कत्ती पनि कमी हुन नदिएको दृष्य भिडियोमा मसेटिएको छ । भिडियोमा अग्रज अभिनेत्री करिश्मा मानन्धर र अग्रज अभिनेता सरोज खनालको मुख्य भूमिका छ । उनीहरुको अभियन प्रसँसनीय छ ।

यो गीतको भिडियोलाई सञ्चारकर्मी बिना श्रेष्ठले निर्देशन गरेकी हुन् । जसमा उत्तम हुमागाईको छायाँकन र अनिल कुमार महर्जनको सम्पादन रहेको छ । गीतलाई अहिले दर्शकले निकै रुचाएका छन् ।