भिडियोमा आयो गीत कन्हैयाको भन्दै होलान


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ जेठ

लामो समयदेखि अमेरिकामा बस्दै आएका अग्रज गायक तथा संगीतकार कन्हैया सिंह परियार प्रवासमा बसेर पनि गीत संगीतमा सक्रिय छन् । यसै क्रममा उनको स्वरमा नयाँ गीत भन्दै होलान…को म्युजिक भिडियो सार्वजनिक भएको छ । संचारकर्मी,एवम् गीतकार सुमन बैरागी पण्डितले लेखेको यो गीतलाई सन्तोष क्षेष्ठले संगीत गरेका छन् ।

चलचित्र निर्देशक माधव राज खरेको निर्देशनमा यो गीतको भिडियो तयार भएको हो । प्रदेशीय पछि गाउँ विर्सियो भन्दै होलान भन्दै प्रदेशको पिंडालाई यो गीतमा उनले निकै मर्मस्पर्शि रुपमा चित्रण गरेका छन् । सो भावलाई भिडियोमा उतारिएको छ । निर्देशकीय हिसावले भिडियो राम्रो बनेको छ । म्युजिक भिडियोमा अभिनेता श्रीदेव भट्टराइर्, नायिका कन्चन चालिसे, कलाकार उद्धव प्रसाद भट्टराई, नम्रता खरेल पौडेल, राजु कार्की, कुमार स्याङवो लगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक खरेलको जन्मदिनको अवसर पारेर सार्वजानिक गरिएको उक्त म्यूजिक भिडियोलाई काठमाडौं र ललितपुरका भिन्निन स्थानहरुमा छायाँकन गरिएको हो । कन्हैया सिहं परियारको युटुव च्यानव बाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोलाई जीवन पराजुलीले खिचेका हुन् भने राजेश कुमारले सम्पादन र नरेश खरेलले श्रृंगार गरेका हुन् ।