‘छुट्टीएर बस्ने कुरा ’ र ‘हे कान्छी’ बिमोचित


ब्युटी न्युज नेपाल
काठमाडौं,२५ जेठ

दुई वटा गीत ‘छुट्टीएर बस्ने कुरा’ र ‘हे कान्छी’ को भिडियो काठमाडौंमा एक समारोहबीच सर्वजनिक गरिएको छ । फिल्म निर्देशक आरएल लामा मोक्तान निर्देशित ‘छुट्टीएर बस्ने कुरा’ मंगलबार बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याईएको छ भने ‘हे कान्छी’ असार १ मा सार्वजनीक गरिने छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र विकाश बोर्डका पूर्व अध्यक्ष राजकुमार राईलगायतले गीत सार्वजनिक गरे ।

‘आर’ एल्बममा समाबेश ‘छुट्टीएर बस्ने कुरा’ मा श्यामकुमार स्याङ्तानको स्वर,शब्द र बिकास चौधरीको संगीत छ । भिडियोमा सोभित बस्नेत,श्यामकुमार स्याङ्तान,सुइन्जा सुनाम र शंकर कोइरालाले अभिनय गरेका छन् । सन्जु थोकरले खिचेको भिडियोको प्रस्तुतकर्ता खड्ग मोक्तान,सहनिर्मातामा जीवन लामा तथा निर्मातामा आर.सोनाम लामा,आरएल मोक्तान र श्यामकुमार स्याङ्तान छन् ।

त्यसैगरी,‘हे कान्छी’ मा श्यामकुमार स्याङ्तानका साथमा स्मृति शाहीको स्वर छ । श्यामकुमारकै शब्द रहेको गीत आर एल लामाले लेखेका हुन । ‘छुट्टीएर बस्ने कुरा’ मा एक जोडी प्रेमीको प्रेमसंघर्ष देखिन्छ भने ‘हे कान्छी’ मा बैदेशीक रोजगारीको परिस्थितिलाई प्रस्तुत गरिएको छ ।