जात गीतको भिडियोमा अभिनेत्री लक्ष्मी र अभिनेता जीवनको बास्तविक कथा


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ जेठ

अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टराई नयाँ गीत ‘जात’ को म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । यो गीतको भिडियो सोमबार सार्वजनिक गरिएको छ । डिएआर मुभिजको प्रस्तुती रहेको गीतमा प्रभावन जे को शब्द, संगीत एवं एरेन्ज छ ।

यो गीतलाई रामकुमार नेपाली र बेनिशा पौडेलले गाएका हुन् । गीतको भिडियो डिएआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई अभिनेत्री लक्ष्मी बर्देवा स्वयंमले निर्देशन गरेकी हुन् । भिडियोमा अन्तरजातिय विवाह गरेको लक्ष्मी र जीवनको ‘रियल जोडी’को अभिनय रहेको हो । अभिनेत्री लक्ष्मीले आफुहरुको बास्तविक कथालाई यो म्युजिक भिडियोमा प्रस्तुत गरेकी छिन् ।

गीतको भिडियोमा भने जातिय विभेदले छुटेको प्रेमकथालाई देखाउन खोजिएको छ । ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन रहेको भिडियोलाई कृष्ण गौतमले सम्पादन गरेका हुन् । गीत र भिडियोलाई स्रोता दर्शकले रुचाउने विश्वास लिइएको छ ।