भुवन चन्द र शम्मुजीतलाई दीर्घ साधना सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ बैशाख,

चलचित्र विकास बोर्डले आईतबार २०७९ मा राष्ट्रपति भवन, सितल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र, विशेष योगदान सम्मान तथा दीर्घ साधना सम्मान प्रदान सम्पन्न गरेको छ ।

राष्ट्रिय चलचित्र पुरस्कारमा समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७६÷०७७ का १० विधामा विजयीलाई पुरस्कार प्रदान गरिन् । सोही समारोहमा विभिन्न व्यक्तिह्रु सम्मानित पनि भए । २०७६–२०७७ सालको दीर्घ साधना सम्मानबाट अभिनेत्री भुवन थापा र संगीतकार शम्भुजित बाँस्कोटा सम्मानित भए । नेपाली चलचित्र क्षेत्रमा पहिलो चलचित्र आमा देखि अहिलेसम्म निरन्तर योगदान दिएको भन्दै प्रथम अभिनेत्री भुवन चन्दलाई सम्मानित गरिएको हो ।

यस्तै नेपाली चलचित्र संगीत क्षेत्रमा साँढे चार दशकदेखि निरन्तर योगदान दिएको भन्दै बरिष्ट संगीतकार शम्भुजीत बासकोटालाई दीर्घ साधाना सम्मानबाट सम्मानित गरिएको बोर्ड अध्यक्ष दयाराम दाहालले कार्यक्रममा बताए । दुवैलाई ताम्रपत्रसहित नगद ३ लाख ५१ हजार रुपैयाँ प्रदान गरियो ।

दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’ सो समारोहमा उत्कृष्ट फिल्म घोषित भएको छ । सोही फिल्मबाट खनालले उत्कृष्ट निर्देशकको अवार्ड समेत जिते । ‘छ माया छपक्कै’बाट दीपकराज गिरीले उत्कृष्ट अभिनेताको पुरस्कार पाइन् भने ‘आमा’बाट सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री बनिन् । पटकथा विधामा ‘जात्रैजात्रा’बाट प्रदीप भट्टराई सर्वोत्कृष्ट बने ।

उत्कृष्ट छायांकन विधामा ‘छ माया छपक्कै’बाट हरि हुमागाईं उत्कृष्ट बने भने ‘कबड्डी कबड्डी कबड्डी’बाट सम्पादन विधामा निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले अवार्ड जिते ।

आदिवासी जनजातितर्फ भोजबहादुर गुरुङ निर्देशित ‘पचे गोरे’ले अवार्ड जित्यो । प्रोत्साहन पुरस्कार जुरीतर्फ ‘जीवन काँडा कि फूल’बाट अवस्था शर्मा र नवप्रवेशीतर्फ ‘रातो टीका निधारमा’ अभिनेता अंकित शर्माले अवार्ड जिते । यसपटक २०७६ र २०७७ सालमा प्रदर्शन भएका फिल्ममध्येबाट पुरस्कार वितरण गरिएको हो ।

२०७६ सालमा विशेष चलचित्र पुरस्कार आमा, गुरुङ भाषाको मि न्होर्बै ट र नालापानीले जिते । २०७७ सालको विशेष फिल्म चाहिं ‘सरिता’ बन्यो । बोर्ड सदस्य अर्जुन कुमारसहित ३३ जनालाई विशेष योगदान सम्मान प्रदान गरिएको थियो ।

यसपटक समारोहमा २०७६ र २०७७ गरी दुई वर्ष सार्वजनिक प्रदर्शन भएका चलचित्रहरूमध्येबाट राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको हो । दुई वर्षमा सार्वजनिक प्रदर्शन भएका नेपाली चलचित्रहरू संयुक्तरूपमा निर्णायक समितिले १० विधामा पुरस्कारका लागि बोर्डलाई सिफारिस गरेको थियो । उक्त १० विधागत पुरस्कृतहरूलाई प्रमाणपत्र, नगद पुरस्कार २५ हजार र ट्रफी सहित पुरस्कृत गरिएको बोर्ड अध्यक्ष दाहालले कार्यक्रममा बताए ।