कलाकारहरुबाट अमेरिकाको भर्जिनियामा पहिलोपटक सौन्दर्यकला ब्यबसाय उद्घाटन


ब्युटी न्युज नेपाल
काठमाडौंँ, २० चैत

भर्जीनीया स्टेटको लीजबर्ग प्रीमियम आउटलेट मलमा बरिष्ट गायिका कुन्ति मोक्तान, बरिष्ट संगीतकार शिलाब मोक्तान, नायिकाहरु रुपा राना अरुणीमा लम्सालले रिबन र केक काट्दै सँयुक्त रुपमा सुविधा सम्पन्न ब्युटिपार्लर ‘ब्युटी बार’को भव्य रूपमा उद्घाटन गरेका छन् । कार्यक्रममा कलाकार हरुलेउद्घाटन पस्च्यात ब्युटी बारको सफलताको कामना गर्दै शुभकामना सुभेच्छा व्यक्त गरे ।

सो अवसरमा शुभकामना दिंदै कुन्ति मोक्तानले एउटा गीत गाएर आमन्त्रीत हरुलाई मनोरञ्जन पनि प्रदान गरेकी थिइन यस सौन्दर्य कला व्यबसाय को संचालक समुह मा कलाकार रुषा केसी ब्यबसाई महेश भट्ट भक्त भट्ट र कबीर बोहोरा रहेको कार्यक्रमका संयोजक एवं उद्घोषक सरोज केसीले जानकारी गराएका छन ।

सो कार्यक्रमको प्रत्यक्ष प्रशारण डिसी नेपाल डट कम र ईनेप्लीजले गरेका थिए । सो उद्घाटन समारोहमा एएनएका निबर्तमान अध्यक्ष खगेन्द्र अधिकारी, न्याककी उपाध्यक्ष बिना खड्का लामा र दमक जेसिजका पूर्व अध्यक्ष मृगेन्द्र ब केसीले शुभकामना मन्तब्य दिए ।