भिडियोमा आयो टीका प्रसाईंको ‘तिमी बिना’


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ चैत

गायिका टीका प्रसाईंले आफ्नो स्वरमा नयाँ गजल ‘तिमी बिना..’को भिडियो सार्वजनिक गरेकी छिन् । प्रसाईँकै युट्युब च्यानल टिका प्रसाईंबाट यो गीतको भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक भएको गजलमा गणेश श्रेष्ठको शब्द, सन्तोष दुमेको संगीत तथा आदेश गुर्माचनले एरेञ्ज रहेको छ । राजु कार्कीको मिक्सिङ र मास्टरिङ रहेको यस गजललाईे किङ स्टुडियामा रेकर्ड भएको हो ।

लोकभाका, आधुनिक, सेमी–क्लासिकल, डान्सिङ्ग नम्बर जस्ता गीतहरु स्रोता तथा दर्शकमाझ पस्किएकी टीकाले यो फरक खाल्को गीत ल्याएको बताएकी छन् ।

उनले भनिन्,‘ लोकभाका,आधुनिक,डान्सिङ लगायतका धेरै विधाका गीतहरु स्रोता तथा दर्शकमा ल्याएको थिए । यसपटक मैले एक गजल लिएर आएकी छु । हामी सबैले यो गितलाई राम्रो बनाउन उत्तिकै मेहनत गरेका छौं । यो गीतलाई पनि माया गरदिनु हुन्छ भन्ने पूर्ण विश्वास छ ।’

गायिका टीकाको यस अघि ‘माया लुकी लुकी,दोधारै मन’ लगायत थुप्रै हिट गीत स्रोता तथा दर्शकमाझ आइसकेको छ ।