६ दर्जन हलबाट आयो चलचित्र हेल्लो जिन्दगी


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ चैत

चलचित्र ‘हेल्लो जिन्दगी’ शुक्रबार (आज)बाट रिलिज भएको छ । यो फिल्म नेपालका ६ दर्जन भन्दा बढी सिनेमा हलबाट रिलिज भएको छ । यो चलचित्रलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका हुन् ।

शुक्रबार पहिलो दिन यो चलचित्रले राम्रो व्यापार गरेको निर्देशक बोहराले बताएका छन् । ‘हेल्लो जिन्दगी’ मा बिक्रम डि जोशी, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्तलगायतको मुख्य भूमिका छ । फिल्मको निर्माता हिराल जोशी, कार्यकारी निर्मातामा सृजना जोशी महर्जन, सहनिर्मात्रीमा सबिता गुरुङ हुन् ।

चलचित्र बास्तविक घटनामा आधारित रहेको निर्देशक बोहराले बताएका छन् । फिल्मले दर्शकको मन जित्ने उनको कथन छ ।

चलचित्रको प्रचारमा यो फिल्मका अभिनेत्री प्रियँका कार्की र दीपिका प्रसाईले साथ नदिएको अभिनेता जोशीले बताएका छन् । तथापि अन्य चलचित्रका कलाकारहरुबाट आफुहरुले प्रचारमा ठुलो सहयोग पाएको बिक्रमले बताएका छन् ।