कैदमा रहेका पलको एजिलासँग आयो नयाँ भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ चैत

अभिनेता पल शाह नावालिक गायिकालाई जबरजस्ती करणी गरेको प्रकरणमा अहिले तनहुँको जेलमा छन् । उनको मुद्धा जारी छ । तर उनले यो प्रकरणमा पक्राउ पर्नु अघि खेलेका म्युजिक भिडियोहरु धमाधम रिलिज भईरहेका छन् ।

यसै क्रममा पल शाह र अभिनेत्री एलिजा गौतमले केही समय अघि अभिनय गरेको एउटा म्युजिक भिडियो यतिबेला सार्वजनिक भएको छ । ‘दिन्थे मुटु झिकी’ बोलको गितको भिडियो सार्वजनिक भएको हो । यो गीतमा पवन ओलीको शब्द तथा संगीत सुन्न सकिन्छ । जसमा स्वर निसान भट्टराई र बिष्णु माझीको रहेको छ । सार्वजनिक गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन् ।

शिब बिकले निर्देशन र कोरियोग्रफी गरेको गीतलाई अर्जुन तिवारीले खिचेका हुन् । म्युजिक भिडियोमा बिमला तामाङको मेकप , मिलन बिश्वकर्माको सम्पादन र पदम सुबेदीको ग्राफिक्स देख्न सकिन्छ ।

पवन ओली अफिसियलबाट सार्वजनिक गीत यतिबेला युट्युबको ट्रेण्डिङ्गमा समेत पर्न सफल छ । गायक तथा संगीतकार ओलीले यसअघि खोलिमा पनि, बुटुवल बसपार्क परदेशको बास लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।