रविन्द्र खड्काको निर्देशनमा आयो शुवाशचन्द्रको एक्का ट्रायल


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ चैत

गीतकार सुवाशचन्द्र ढुङ्गेलको नयाँ गीत ‘एक्का ट्रायल’ को भिडियो काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

यो गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर रहेको छ । गीतलाई राजनराज शिवाकोटीले नै संगीत गरेका हुन् । गीत जती मिठो छ । भिडियो पनि त्यत्तिकै राम्रो बनेको छ ।

बिगतमा जतिचोट दिन्छौ देउ मायालु…, फुल झरे पनि काँडो भर्दैन…जस्ता गीत लेखेका ढुँगेलले यो नयाँ गीत श्रोतामाझ ल्याएका हुन् । अहिलेको दर्शक श्रोताको चाहना अनुसारको गीत ल्याएको उनले बिमोचन समारोहमा बताए ।

रबिन्द्र खड्काको निर्देशनमा यो गीतको भिडियो तयार भएको हो । गीत नृत्य प्रधान बनेकाले सोही अनुरुपको भिडियो आफुहरुले तयार गरेर दर्शकमाझ ल्याएको निर्देशक खड्काले बिमोचन कार्यक्रममा बताए ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले पनि बिमोचन समारोहमा बोल्दै ढुँगेल प्रभावशाली गीतकार भएको र उनको यो गीतको भिडियोलाई निर्देशक रविन्द्र खड्काले त्यत्तिकै राम्रो बनाएको बताए ।

यो गीतको भिडियोमा धर्मेन्द्र आचार्य, पवित्रा आचार्यलगायतको अभिनय रहेको छ । भिडियो निर्माणको ब्यवस्थापन राजेश महर्जनले गरेका हुन् । जसमा कमल राईको कोरियोग्राफी, शिव ढकालको छायाँकन रहेको छ । भिडियो शुभासचन्द्र ढुंगेलको अफिसियल च्यानलबाट रिलिज गरिएको छ ।