ब्युटिसियन ट्यालेन्ट नेपालको दोश्रो अडिसन चैत १० मा, पहिलोबाट १२ जना चयन


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ चैत

ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ चौथो सिजनको दोश्रो अडिसन काठमाडौंको रविभवन स्थित रोज सिप विकाश तालिम केन्द्रमा यही बिहिबार चैत १० गते बिहान ११ बजेबाट सुरु हुने भएको छ । पहिलो अडिसन सोही स्थानमा चैत ७ गते सम्पन्न भएको छ ।
रोज सिप विकाश तालिम केन्द्र र विलक्षण क्रियसन प्रा.लि.ले बिगत ४ वर्ष देखि देशभरका व्युटिसियनहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशकालागि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

आयोजक संस्था रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारंजितको अध्यक्षतामा सम्पन्न पहिलो अडिसनबाट १२ जना प्रतियोगीहरु फाईनलका लागि चयन भएका छन् । यस्तै यो प्रतियोगिताको लागि बाँकी प्रतियोगीहरु यही १० चैत बहिबार हुने दोश्रो अडिसनबाट चयन गरिने भएको छ । ११ चैतबाट यो प्रतियोगिताको प्रशिक्षण सुरु गरिने भएको छ ।

यस्तै चौथो संस्करणको ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ को अडिसनमा एन्फाका उपाध्यक्ष सुन्दर थापा, अग्रज ब्युटिसियनहरु रिना अवाले, देवी महर्जन, रोज सिप विकाश तालिम केन्द्रकी म्यानेजिङ डिरेक्टर परिषी कारंजित, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डँगोल निर्णायक थिए । पहिलो सिजनकी बिजेता तथा गायिका÷सञ्चारकर्मी सरिता भारती र दोश्रो सिजनकी बिजेता सरु जोशी पनि अडिसन कार्यक्रममा अतिथि थिए । प्रतियोगितामा सहभागीहरुलाई दुई साता लामो विभिन्न प्रशिक्षण दिएर ग्रान्ड फिनालेमा उतारिने आयोजक संस्थाकी अध्यक्ष तथा सोनी कारंजितले बताएकी छिन् ।

कार्यक्रमबारे अर्का आयोजक डब्बु क्षत्रीले भने,‘ब्युटिसियनहरुका लागि आफ्नो सिपमा निखार, ब्युटी सम्बन्धि विभिन्न कला सिक्न र ब्यक्तित्व विकाश गर्नका लागि यो महत्वपूण अबसर हो । त्यसैले ब्युटिसियनहरुलाई यही चैत १० गतो दोश्रो अडिसनमा भाग लिएर यो प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा प्रस्तुत गर्दै विजेता बन्न अनुरोध गर्दछु ।’