बरिष्ट ब्युटिसियन सोनी कारँजितद्धारा हनी थेरापी एन्ड वेयल केयर उद्घाटन


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ माघ

जैविक महबाट मालिस गरेर तौल घटाउनुका साथै नशा र मान्सपेसीको समस्यालाई मुक्तपार्न काठमाडौंको सोल्टीमोड स्थित सोल्टी होटलको प्रवेश द्धारसँगै ‘हनी थेरापी एन्ड वेयल केयर ब्युटी सलुन’ खुलेको छ । बिगत एक दशकदेखि व्युटिसियनको रुपमा सक्रिय तथा थोरापिष्ट रन्जु थापाले यो ब्युटी सलुन सञ्चालनमा ल्याएकी हुन् ।

रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारंजितले आईतबार श्रीपन्चमीको अबसर पारेर यो थेरापी तथा ब्युटी सुलनको रिवन काटेर उद्घाटन गरेकी छिन् । नेपालमै उत्पादिक जैविक महबाट रन्जुले थेरापी गरेर नशा र मासपेसीको समस्या निराकरण गर्नुले यो सेवा धेरैका लागि उपयोगी हुने विश्वास सोनी कारँजितले व्यक्त गरिन् । कुशल ब्युटिसियनका रुपमा परिचित रन्जुले आफ्नो सेवाबाट चाँडै प्रगति गर्ने पनि उनले सो क्रममा बताईन् ।

रन्जुकी थोपारी टिचर तथा रोज सिप विकाश तालिम केन्द्रकी म्यानेजिङ डिरेक्टर परिषी कारँजितले कार्यक्रममा बोल्दै हनी थेरापीका फाईदाहरुबारे कार्यक्रममा प्रकाश पारिन् । नेपालमै महबाट सम्पूर्ण कस्मेटिक र विभिन्न औषधी जन्य सामग्री निर्माण गर्दै आएको एपी लाईफबाट थेरापी सम्बन्धि पूर्ण प्रशिक्षण लिएपछि आफुले यो थेरापी एन्ड वेयल सेन्टर सुरु गरेको रन्जुले जानकारी गराईन । महबाट मसाजसँगै ब्युटिसियन सम्बन्धि सम्पूर्ण सुविधा आफुहरुले प्रदान गर्ने पनि उनले बताईन ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रिजन चेयर पर्सन रेश्मा श्रेष्ठ, लायन्स क्बल अफ काठमाडौं आधारकी अध्यक्ष ग्याल्मो बुढाथोकी शेर्पाले रञ्जुलाई यो नयाँ ब्युटी पार्लर तथा थोरापी व्यबसायको लागि शुभकामना दिए । यस्तै डा. सरोज लामिछाने, एपि लाईफका ओम पुन, टेक गुरुङले महबाट उत्पादित आफुहरुको सामग्रीले स्वास्थ्य रहन पर्ने प्रभावबारे कार्यक्रममा प्रकाश पारे ।

कार्यक्रममा एन्फाका उपाध्यक्ष सुन्दर थापा, सञ्चारकर्मी गायिका मोडल सरिता भारती, ब्युटिसियनहरु मिना पौडेल, सृजना कुँवर, नविन अधिकारी, गीता मगरलगायतले पनि रन्जुलाई शुभकामना दिए ।