रोज सिप विकाश तालिम केन्द्रको २१ औं वार्षिक उत्सबमा विभिन्न व्यक्ति सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ माघ

काठमाडौंको रविभवन स्थित रोज सिप विकाश तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आईतबार काठमाडौंमा आफ्नो २१ औं वार्षिक उत्सव मनाएको छ । बरिष्ट ब्युटिसियन तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारंजितको सभापतित्वमा सम्पन्न सो समारोहमा समाजसेवी, व्यबसायी, सौन्दर्यकर्मी, फेसन डिजाईनजरलगायतलाई सम्मान गरिएको थियो ।

सदाबहार अभिनेता भुवन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमका विशेष अतिथिमा पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, अग्रज गीतकार नवराज लम्साल, बुद्धवीर लामा, सेकेन्ड भाईस डिस्ट्रिक गर्भनर लायन मनिश्री रत्न बज्राचार्य, संगीतकार बसन्त सापकोटा, अग्रज ब्युटिसियन डा. राजश्री श्रेष्ठ, अभिनेत्री सँचिता लुईटेललगायत थिए ।

कार्यक्रममा सामाजिक क्षेत्रबाट समाजसेवी रामबहादुर बिसी, समाजसेवी तथा सौन्दर्यकर्मी गुड्डी जोशी, समाजसेवी एवम् राष्ट्रिय तेक्वाडो खेलाडी लायन धनमायाँ सिन्जाली, समाजसेवी अमुलमान श्रेष्ठ, समाजसेवी एवम् गीतकार सावित्रा चिलुवाल, समाजसेवी एवम् व्यबसायी लायन ज्योती घिमिरे, समाजसेवी रमा तिमिल्सिना, फोटोपत्रकार लक्ष्मण महर्जन थिए ।

यस्तै अग्रज ब्युटिसियनहरु लक्ष्मी महत, रेणु रानामगर, शान्ति डँगोल, रिना अवाले, रचना शाक्य, कुमारी सिग्देल, सुलोचना श्रेष्ठ, मन्जु सुवेदी, देवी महर्जन, नविना राजथला, भावना धनु विष्ट पनि सम्मानित भए ।  फेसन डिजाईन क्षेत्रबाट लोकप्रिय फेसन डिजाईनर काजल शर्मा, अग्रज फेसन डिजाईनरहरु शर्मिला कोईराला रिजाल, गोमा अधिकारी धिताल पनि कार्यक्रममा सम्मानित भए ।

यस्तै व्युटिसियनहरु चाँदनी घिमिरे, मिना पौडेल, रुबी महर्जन, मन्जुश्री श्रेष्ठ, जिना बैद्य, लक्ष्मी महर्जन, दुर्गा श्रेष्ठ, मिना लामा, रन्जिता थापा, जोत्सना श्रेष्ठ, रमिता श्रेष्ठ, उषा गुरुङ, बनिता महर्जन, प्रतिमा श्रेष्ठ, राधिका थापामगर श्रेष्ठ, पिङकी स्थापित, हिरा घिमिरे, गीत कुमारी आलेमगर पनि सम्मानित भए ।

सोही क्रममा व्युटिसियनहरु सुस्मिता बम्जन, प्रतिमा श्रेष्ठ, शुष्मा बाला, मिना कुमारी दाहाल, संगीता थापामगर, शान्ति महर्जन श्रेष्ठ, आस्मा शाक्य, उर्जना शाक्य, सुस्मिता डँगोल कार्की, उर्मिला तामाङ, प्रलिता रानामगर, सृजना कुँवर, रस्मिता लामा श्रेष्ठ, मिना कुमारी दाहाल पनि कार्यक्रममा सम्मानित भए ।

कार्यक्रममा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारंजितले सम्बन्धित समाजसेवी, व्यबसायी, उधमी, व्युटिसियन, फेसन डिजाईनरलगायतले आ आफ्नो क्षेत्रमा निरन्तर योगदान दिँदै आएकाले उहाँहरुलाई सम्मान गरिएको कार्यक्रममा बताईन् । २१ औं वार्षिक उत्सबसम्म आईपुग्दा रोज सिप विकाश तालिम केन्द्रले १० हजार भन्दा बढीलाई सौन्दर्यकला लगायतको विभिन्न सिप सिकाएर सम्बन्धित पेशामा दक्ष एवम् आत्मनिर्भर बनाएको बताईन् ।

कार्यक्रममा सम्मानितलाई सम्मान प्रदान गर्दै अभिनेता भुवन केसीले सोनी कारँजितलाई जन्म दिन सहित रोजको २१ औं वार्षिक उत्सबको शुभकामना दिए । १० हजार भन्दा बढी विधार्थीलाई सिप सिकाएर स्वदेश र विदेशमा रोजगारीमा आत्म निर्भर बनाएर समाज निर्माणमा बरिष्ट ब्युटिसियन सोनी कारंजितले महत्वपूर्ण काम गरेको अभिनेता केसीले बताए ।

कार्यक्रममा पूर्व आईजिपी सर्वेन्द्र खनालले महिलाहरुलाई सिप सिकाएर आत्म निर्भर बनाई बरिष्ट सौन्दर्यकर्मी सोनी कारँजितले उदाहरणीय काम गरेको भन्दै अझ धेरै सफलताको शुभकामना दिए । गीतकार तथा रेडियो नेपालका निर्देशक नवराज लम्सालले मानिसहरुलाई सौन्दर्यसँगै सम्बन्धित पेशामा दक्ष बनाउनु सोनी कारँजितको प्रसँसनीय कार्य भएको बताउँदै २१ औं वार्षिक उत्सबको शुभकामना दिए । गायिका मञ्जु पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा गीतकार बुद्धबीर लामाले आफ्ना केही चर्चित गीतहरु सुनाउँदै शुभेच्छा प्रकट गरेका थिए ।

सेकेन्ड भाईस डिस्ट्रिक गर्भनर लायन मनिश्री रत्न बज्राचार्यले लायन साथीहरु मध्य सोनी कारँजित निकै सक्रिय र समाजसेवी भएको भन्दै यो २१ औं वार्षिक उत्बसको शुभकामना व्यक्त गरे । रोज सिप विकाश तालिम केन्द्रबाट व्युटिसियन लगायतका विभिन्न सिपको प्रशिक्षण लिएका विधार्थीहरुलाई सो अबसरमा प्रशिक्षण सम्पन्न गरेको सर्टिफिकेट पनि प्रदान गरियो ।

वार्षिक उत्सबको अन्त्यमा सोनी कारँजितको जन्मोत्सबको केक काटेर सबैले उनलाई शुभकामना दिएका थिए ।

एन्फाका उपाध्यक्ष सुन्दर थापाको संयोजन एवम् रोज सिप विकाश तालिम केन्द्रकी म्यानेजिङ डिरेक्टर पारिसी कारँजितको व्यबस्थापनमा सम्पन्न सो कार्यक्रममा जोत्सना श्रेष्ठ, रमी श्रेष्ठ, हिरा धामी, प्रतिमा श्रेष्ठ, सुस्मा बाला, दीपा बम्जन, दिब्या सैंजुको नृत्य निकै आकर्षक थियो । यस्तै भावना श्रेष्ठले आकर्षक नृत्य गरेर कार्यक्रमको रौनक बढाईन् ।

तस्बिर : ब्युटी न्युज नेपाल