प्रोत्साहनाजको व्युटी सेमिनारले ३०० जनाले सिके व्युटी कला


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ पुष

ललितपुरमा करिब ३०० जना व्युटिसियनहरुले व्युटी सम्बन्धि एक दिवशीय सेमिनारमा हेयर कलरिङ, हेयर केराटिन ट्रिट्मेन्ट, डि पिग्मेन्टेसन एन्ड स्किन लाईटिङ फेसियल, नेल एक्टेन्सन, कुमारी मेकअप जस्ता विभिन्न कला सिकेका छन् ।

ललितपुर महानगरपालिकाकी उपमेयर गीत सत्यालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । यस्तो सेमिनारमा हाँसिल गरेको सिपले महिलाहरुलाई ब्युटी पेशामा अझ आत्म निर्भर बनाउने भनाई उपमेयर सत्यालले सो कार्यक्रममा राखिन ।

रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारँजित र बरिष्ट ब्युटिसियन लक्ष्मी महतले यो एक दिवसीय ब्युटी सेमिनारको उद्घाटन गरेका थिए । यस्तो सेमिनारले ब्युटिसियनहरुलाई नयाँ नयाँ प्रविधिमा अझ परिवपक्क बनाउने बरिष्ट ब्युटिसियन सोनी कारँजितले कार्यक्रममा बताईन् ।

प्रोत्साहनाज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर एकान्त कुनाको आयोजना, सहारा व्युटी होम तथा न्यु लुक्सको सहकार्यमा एक दिवसीय ब्युटी सेमिनारमा ३०० जना व्युटिसियनहरुले यस्तो सिप प्राप्त गरेका हुन् ।

न्यु लुक्सकी सृजना थापाले सञ्चालन गरेको सो सेमिनार बिहान ९ बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा मेकअप आर्टिस्ट हिना थापाले सिकाएको कुमारी मेकअप निकै आकर्षक थियो । यस्तै प्रोत्साहना राना मगरले जेल एक्टेन्सनसहितको नेल आर्ट सम्बन्धि प्रशिक्षण दिईन् ।

महालक्ष्मी पार्टी प्यालेस महालक्ष्मी थान ललितपुरमा भएका सो प्रशिक्षण निकै उपयोगी मुलक भएको प्रतिक्रिया आफुले पाएको सेमिनार आयोजक तथा प्रोत्साहनाज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् ब्युटिसियन रेनु शाक्य रानाले कार्यक्रममा बताईन् ।