ब्युटी न्युज नेपाल
काठमाडौं २५ पुष

माडवारी समुदाय पनि पछिल्लो समय सौन्दर्य प्रतियोगिता प्रति सक्रियता बढ्न थालेका छ । फेस अफ द माडवारी जस्तो प्रतियोगिताले पनि उनीहरु सौन्दर्य प्रतियागितामा सक्रिय हुन थालेका हुन् । यसै क्रममा माडवारी समुदायकै ६ देखि १३ वर्ष उमेरका जुनियर र सिनियर प्रिन्स एन्ड प्रिन्सेसका लागि भएको बालबालिकाहरु बीच भएको प्रतियोगिता ‘फेश अफ द माडवारी किड्स २०२१’ को उपाधि चार फरक उमेरबाट विधि अग्रवाल, गर्भ वाहेटी, लक्ष्य अग्रवाल र यसस्वी खेम्बा गरी चार जनाले जितेका छन् ।

पेज थ्रि प्रा.लि.ले शनिबार बेलुका काठमाडौंमा आयोजना गरेको यो प्रतियोगितामा फस्ट रनर अपको उपाधि पिहु चाचन, भियोम शर्मा, कुश तिब्रेवाल र अंशिका मित्रुकाले हाँसिल गरे । यस्तै सेकेन्ड रनरअपको उपाधि आध्या अग्रवाल, गगन बँशल, मेदान्स अग्रवाल, विधिका अग्रवले प्राप्त गरे ।

बीरगञ्जका मेयर विजय सरावगीको प्रमुख आतिथ्य, मिस नेपाल नम्रात श्रेष्ठ र हास्य अभिनेता निर्मल शर्माको विशेष आतिथ्यमामा सम्पन्न सो प्रतियोगिता अन्य विभिन्न उपाधिका लागि बालबालिकाबीच प्रतिस्पर्धा भएको थियो । बालबालिकासँगै अभिभावक पनि र्याम्पमा उत्रिएको यो कार्यक्रम निकै रोचक भयो ।

जसमा मस्ट क्युट चाईल्डको उपाधि नाभिका अग्रवाल र शिवान्स खेतानले प्राप्त गरे । कन्फिडेन्ट चाईल्डको उपाधि कृतिम चाचन, भिहान मिन्डाले, बेस्ट वाकको उपाधि साईना अग्रवाल, लक्ष्य अग्रवाल, तेजेस पोद्दार र अंशिका मित्रुकाले, डिसिप्लेनको अवार्ड दिया अग्रवालले, मोस्ट स्टाईलिस्टको अवार्ड जुयान्स तिब्रेवाल, वान्सिका जोधानीले हाँसिल गरे ।

सो प्रतियोगिताको अन्य उपाधि मध्य ब्युटीफुल स्माईलको उपाधि विधि शाह र गर्व बहेटीले, बेस्ट पर्फमरको उपाधि आस्ना अग्रवाल, पिहु चाचनले, ट्यालेन्टको उपाधि आरध्य अग्रवाल, गगन बँशल, गौतम अग्रवाल र यसश्वी खेम्काले, बेस्ट पर्सनालिटीको अवार्ड खुस तिब्रेवाला, आध्या शर्मा, जयदेव बँशल र आध्या अग्रवालले प्राप्त गरे । यसै गरी फोटोजेनिक अवार्ड विधि अग्रवाल, भियोम शर्मा र विधिता अग्रवालले , अर राउन्डर किडको अवार्ड रियन्स मित्रुका र मानस्वि खेम्काले, मिस बब्लीको अवार्ड दिब्यँका शर्मा र अमरिया अग्रवालले, मोस्ट पपुलर अवार्ड आयुशी अग्रवाल, मयँक गोयल, अन्सुल अग्रवाल र रुट्भी अग्रवालले प्राप्त गरेका छन् ।

सो कार्यक्रममा कविता नेपाली सहित विभिन्न कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । यो मिनपचासको बिदामा माडवारी समुदायका बालबालिकालाई उनीहरुको प्रतिभा प्रस्तुत गराउन बिगत झैं यसपटक पनि यो प्रतियोगिता आयोजना गरिएको आयोजक रेखाले बताईन् । म्याजिक फुडवेरको सहकार्यमा सो प्रतियोगिता सम्पन्न भएको थियो ।

चर्चित फेशन डिजाईनर रेखा मोदी मित्रुकाले आयोजना गरेको सो प्रतियोगिताको कोरियो ग्राफी कोरियोग्राफर एवम् अभिनेता दिक्पाल कार्की र पुनम बर्माले गरेका थिए । कार्यक्रमको निर्णायकमा चर्चित उधोगपति राजेन्द्र खेतान, अभिनेत्रीद्धय केकी अधिकारी, शुभेच्क्षा खड्का र अर्चना सायदा थिए ।