भव्य भयो रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरको १४ औं वार्षिक उत्सब,


ब्युटी न्युज नेपाल
काठमाडौं, १० पुष

‘रश्मिलाज फेसियल हाउस एन्ड ब्युटिकेयर’ले विभिन्न कार्यक्रम गर्दै आफ्नो १४ औं वार्षिक उत्सब शनिबार मनाएको छ । काठमाडौंको काठमाडौं मल, बिजी मल र बुद्ध मलमा रहेको यो पार्लर १४ वर्ष अघि काठमाडौं मलको चौथो तथा पसल नं. ४२०बाट सुरु भएको थियो ।

सो वार्षिक उत्सब समारोहकी प्रमुख अतिथि करिश्मा मानन्धरले कार्यक्रममा बोल्दै पर्दामा देखिरहनु पर्ने भएकाले आफुहरुलाई सुन्दताको महत्व अति हुने गरेको बताईन् । पछिल्लो समय आफु पनि रश्मिलाज फेसियल हाउसमा जोडिएको कारणले पनि आफ्नो सुन्दतामा निखार आएको उनले सो कार्यक्रममा जानकारी गराईन् । अभिनेत्री करिश्माले आफुहरु चलचित्रमा आउँदा त्यतिबेला सुविधा सम्पन्न व्युटीपार्लर र गुणस्तर युक्त कस्मेटिकको निकै अभाव रहेको बताईन् । तर अहिले खुलेका रश्मिलाज फेसियल हाउस जस्ता व्यटीपार्लरले हजारौ ग्रहकलाई सुन्दर बनाएको पनि करिश्माले बताईन् । रश्मिलाज फेसियल हाउसलाई १४ औं वर्षिक उत्सबको कामना गर्दै अभिनेत्री करिश्माले १०० भन्दा बढी कर्मचारलाई रोजगार दिएर रश्मिलाज फेसियल हाउसले एउटा उधोगको रुपमा सेवा गरेको छ भनिन् । १४ औं वार्षिक उत्सब कार्यक्रममा अग्रज अभिनेत्री करिश्मा मानन्धरलाई विशेष सम्मान गरिएको छ । कार्यक्रममा रश्मिलाज फेसियल हाउसमा कार्यरत विभिन्न कर्मचारीहरुलाई उत्कृष्ट कार्य बापत पुरस्कृत गरियो ।

यस्तै विशेष अतिथि अभिनेता तथा चलचित्र निर्देशक दिनेश डिसीले काठमाडौंमा रहेको ब्युटीपार्लरहरुमा गुणस्तरीय सेवाको हिसाबले रश्मिलाज फेसियल हाउस उत्कृष्ट रहेको बताए । उनले पनि आफु लामो समयदेखि रश्मिलाज फेसियल हाउसमा जोडिएको बताउँदै यस रश्मिलाज फेसियल हाउसलाई अझ धेरै सफलताको कामना दिए ।

रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले नेपालमै केही गरौं भन्ने उदेश्यले १४ वर्ष अघि रश्मिलाज फेसियल हाउस स्थापना गरेको बताईन् । यसबाट सैयौंले रोजगार प्राप्त प्राप्त गर्नुका साथै आफुहरुले मासिक रुपमा हजारौं कस्टमरलाई सौन्दर्य सम्वन्धि पूर्ण सेवा दिन सकेको बताईन्,‘काठमाडौं मलको चौथो तलाबाट हामीले १४ वर्ष अघि सुरु गरेको रश्मिलाज फेसियल हाउसलाई अहिले काठमाडौं मलकै पहिलो तला, बिजी मल र बुद्ध मलमा पनि यसको आउटलेट सञ्चालन गरेर सेवा दिईरहेका छौं ।’

रश्मिलाज फेसियल हाउसका संरक्षक प्रकाश कुमार श्रेष्ठले विशेषतासँगै यसको आगामी योजनाबारे कार्यक्रममा जानकारी गराए । आफुहरुले हरेक ग्राहकको स्वास्थ्य र सन्तुष्टीलाई ध्यान दिने गरेको पनि उनले बताए ।

१४ औं वार्षिक उत्सब कार्यक्रमका अतिथिहरु ब्रानबोर्ड टाउन केन्टकी अमेरिकाका नगरपालिका सदस्य रामचन्द्र श्रेष्ठ, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठी, निर्माण व्यबसायी संघ धादिङका अध्यक्ष रमेश कुमार श्रेष्ठले पनि रश्मिलाज फेसियल हाउसलाई शुभकामना यसको विशेषताबारे थगप प्रकाश पारे ।

गायिका मञ्जु पौडेलले सञ्चालन गरेको सो कार्यक्रमको व्यबस्थापन सञ्चारकर्मी सूर्य चन्दले गरेका थिए । सो समाारोहमा बरिष्ट ब्युटिसियनहरु सोनी कारँजित, सुमित्र रँजित, अनिता खड्का रायमाझी सहित विभिन्न अग्रज ब्युटिसियन, फेशन डिजाईनर तथा विभिन्न कलाकारहरुको उपस्थिति थियो ।१४ औं वर्षको केक काटेर कार्यक्रममा वार्षिक उत्सब मनाईएको थियो ।