ब्युटी न्युज नेपाल
काठमाडौं, २५ मँसिर

लायन्स क्लब अफ काठमाडौं अभियानले आफ्ना मेम्बरहरुको प्रतिभा प्रस्तुतिको लागि ‘पिकनिक क्विन २०७८’ आयोजना गरेका छ । लायन्स क्लब अफ काठमाडौं अभियानकी चार्टर प्रेसिडेन्ट सोनी कारँजितको सभापतित्वमा सो कार्यक्रम शुक्रबार काठमाडौंको थानकोटा स्थित त्रिभुवन पार्कमा सम्पन्न भएको थियो ।

अभियानले आफ्नो फेलोसिप अन्तर्गत आयोजना गरेको सो पिकनिक कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गरेर निशाङ रुम्बा ‘पिकनिक क्विन २०७८’ बिजेता भएकी छिन् । यस्तै सो कार्यक्रममा ज्योत्सना श्रेष्ठ फष्ट रनर अप र सुहाना अर्याल सेकेन्ड रनर अप घोषित भए ।
सो प्रतियोगिताको निर्णायकमा इन्टरनेशनल मोडल शिलास्मा हमाल, ब्युटिसियनहरु रचना शाक्य, रेणु शाक्य राना, पुनम कुँवर थिएँ । कार्यक्रममा बिजयीहरुलाई रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारँजित, तथा निर्णायकहरुले ताज लगाई दिएका थिए । अन्य २० जना उत्कृष्ट नृत्य प्रस्तोता तथा सहयोगीलाई पनि कार्यक्रममा विभिन्न उपहार प्रदान गरियो ।

लायन्स क्लब अफ काठमाडौं रिज्नल चेयर पर्सन रेश्मा श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा श्रेष्ठले अभियान पछिल्लो समय सर्वाधिक सक्रिय क्लब भएको बताउँदै अझ प्रगतिको कामना गरिन् । लायन्स अन्तर्गत मेम्बरसिप च्याम्पियनको अवार्ड हालै मात्र जित्नु हुने यस अभियानकी अध्यक्ष सोनी कारंजितले श्रेष्ठले बधाई पनि ज्ञापन गरिन् ।

सो कार्यक्रममा बोल्दै अभियानका चार्टर प्रेसिडेन्ट सोनी कारँजितले अभियानले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको र थप सामाजिक कार्यका लागि फन्ड जुटाउन सो पिकनिक कार्यक्रम गरेको बताईन् । पिकनिक क्विनका बिजेताहरुलाई बधाई दिँर्दै व्यक्तित्व विकाशका लागि सो प्रतियोगिता गरिएको पनि चार्टर प्रेसिडेन्स सोनी कारँजितले प्रकाश पारिन् । कार्यक्रममा लायन्स मेम्बरसँगै विभिन्न अतिथिहरु पनि सहभागी थिए ।