सम्पन्न भयो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७८


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ असोज

विभिन्न विधामा अवार्ड प्रदान गर्दै ‘नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७८’ साथ सम्पन्न भएको छ । यो अवार्ड रोज सिप विकाश तालिम केन्द्रको ब्यबस्थापन र क्रियटिभ ईन्साइट मिडिया प्रालिको आयोजनामा चलचित्र विकाश बोर्ड चावहिलको हलमा सम्पन्न भएको हो । नेपालमा पहिलो पटक सौन्दर्यकर्मीहरुका लागि यो अवार्ड गरिएको हो । , अवार्ड सोचेको भन्दा सफल भएको रोज सिप विकाश तालिम केन्द्रको अध्यक्ष वरिष्ठ सौन्दर्यविद सोनी कारंजितले जानकारी गराइन ।

प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा विशेष अतिथिहरुमा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका उपाध्यक्ष वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, चलचित्र निर्देशक समाजकि कोषाध्यक्ष समुन्द्र भट्ट, वरिष्ट अभिनेता धिरेन शाक्य, वरिष्ठ अभिनेत्री शर्मिला मल्ल, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ हास्य कलाकार उत्तम केसी, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, ईभेण्ट डाइरेक्टर निशु कान्त झा, पत्रकार डब्बु क्षत्री, अभिनेता प्रसान्त ताम्राकार, लागायतका रहेका थिए ।

सौन्दर्यकला क्षेत्र अहिले हरेक व्यक्तिको लागि अपरिहार्य भैसकेको हुँदा नेपाली सौन्दर्यकला ब्यवसायलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन तथा सौन्दर्यकर्मीहरुको पेशालाई सम्मान गर्दै उनीहरुको काम र व्यक्तित्वलाइ निखार्दै नेपालमा बढ्दै गईरहेको सौन्दर्यकलाप्रतिको लगावलाई ब्यवस्थित गर्ने र पार्लर ब्यवसायहरुलाई छुट्टै उचाइमा पुर्याउन र ब्युटिसियन अवार्डको महत्वलाइ अझ फराकिलो बनाउदै सम्पूर्ण सौन्दर्यकर्मीहरुको मनोबललाइ उच्च बनाई पार्लर तथा कस्टमेटिक ब्यवसायलाई उद्योगको रुपमा स्थापना गर्ने हेतुले यस अवार्ड आयोजना गरिएको अवार्डका संस्थापक निर्देशक सूर्य चन्दले बताए ।

अवार्ड समारोहमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका सौन्दर्यविद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान समेत गरिएको थियो।

अवार्ड तथा सम्मानितहरु यस प्रकार छन् ः

– शर्मिला मुनिकर, वेष्ट ब्यूटी ट्रेनिङ सेन्टर अफ दि इयर जस्मिन ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टर
– रिना अवाले, वेष्ट हेयर टेक्निसियन अफ दि इयर
– टेकराज पाण्डे, वेष्ट मेकअफ आर्टिष्ट अफ दि इयर
– ट्र्यु ड्रमा, वेष्ट ड्रमा कम्पनी अफ दि इयर
– गोमा विस्ट, कृपाज ब्यूटी होम एण्ड ट्रेनिङ सेन्टर, वेष्ट ब्यूटी पार्लर अफ दि इयर
– प्रतिभा शाही, वेष्ट आइलेस टेक्निसियन अफ दि इयर
– रुबिस्का श्रेष्ठ, वेष्ट नेल टेक्निसियन अफ दि इयर
– प्रोत्साहना राना मगर, पपुलर नेल टेक्निसियन अफ दि इयर
– मिनु श्रेष्ठ, वेष्ट फेसन डिजाइनर अफ दि इयर
– सिर्जना कँडेल, वेष्ट हेयर कलर टेक्निसियन अफ दि इयर
– मन्जुश्री श्रेष्ठ, वेष्ट ब्यूटीसियन अफ दि इयर
– मिना लामा, पपुलर मेकअप आर्टिष्ट अफ दि इयर
– रिना लामा, पपुलर ब्यूटिसियन अफ दि इयर
– सिर्जना कुँवर, मेकअफ आर्टिष्ट अफ दि इयर९महिला०
– सुनिता राना मगर, वेष्ट ब्यूटिसियन ट्रेनर अफ दि इयर
– निकिता बुढाथोकी, पपुलर नेल आर्टिष्ट अफ दि इयर
– भावना विष्ट, वेष्ट फेसन डिजाइनर अफ दि इयर
– गीता मगर, बेष्ट नेल आर्टिष्ट अफ दि इयर
– कार्भनल प्रोफेसनल हङकङ, वेष्ट ब्यूटी प्रोडक्ट अफ दि इयर९डबल ट्रिट्मेण्ट०
– दिपिका गैरे, वेष्ट हेयर स्टाइलिस्ट अफ दि इयर
– गुड्डी जोशी वेस्ट ब्युटिसियन अफ द ईयर बिरगंज

समानितहरु ः

– सुशीला चूडाल गौतम ९रजत सम्मान०
– रुश्का श्रेष्ठ वैद्य ९विशिष्ट सौन्दर्यविद् सम्मान०
– रश्मिला श्रेष्ठ, वरिष्ठ सौन्दर्यविद् सम्मान
– रचना शाक्य, वरिष्ठ सौन्दर्यकर्मी सम्मान
– रेणु शाक्य राना, वरिष्ठ सौन्दर्यकर्मी सम्मान
– कुमारी सिग्देल लामिछाने, वरिष्ठ सौन्दर्यकर्मी सम्मान
– मेनुका शिवाकोटी, वरिष्ठ सौन्दर्यकर्मी सम्मान
– मञ्जु प्रधान, वरिष्ठ सौन्दर्यकर्मी सम्मान
– ईश्वरी कारञ्जित, राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
– सरोज लामिछाने, राष्ट्रिय चिकित्सक सम्मान
– सरु श्रेष्ठ, राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
– चेसाङ लामा, राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
– गोपीमाया थुलुङ, राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
– सिता श्रेष्ठ, वरिष्ठ सौन्दर्यकर्मी सम्मान
– अनिता सुब्बा लिम्बू, वरिष्ठ सौन्दर्यकर्मी सम्मान
– विमला बोहरा, वरिष्ठ सौन्दर्यकर्मी सम्मान
– चाँदनी घिमिरे, राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
– इन्ता श्रेष्ठ, राष्ट्रिय फेसन डिजाइनर सम्मान
– काजल शर्मा, राष्ट्रिय फेसन डिजाइनर सम्मान
– रायन राई, राष्ट्रिय सौन्दर्यकला सम्मान
– सुजन तिमिल्सिना, राष्ट्रिय सौन्दर्यकला सम्मान
– सुलोचना श्रेष्ठ, राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
– निकिता पाण्डे, राष्ट्रिय समाजसेवी सम्मान
– लिना डंगोल, सौन्दर्यकर्मी सम्मान
– सुहाना अर्याल, सौन्दर्यकर्मी सम्मान