उर्मिलालेु चुमिन तेश्रो मिसेस नेपाल ग्लामको ताज


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ भदौ

सामाजिक दुरी कायम गर्दै शनिबार ललितपुरमा एक समारोहबीच मिसेस नेपाल ग्लाम २०२१ को चयन भएको छ । एक दर्जन प्रतिस्पर्धीलाई पछि पार्दे उर्मिला कार्कीले मिसेस नेपाल ग्लाम २०२१ को ताज जितेकी छिन् । कार्यक्रमको फिनालेमा कार्कीले उत्कृष्ट कविता बाचन गर्दै मिसेस ट्यालेन्ट सहित, मिसेस पुपुलर, भिवर्स च्वाईलगायतको उपाधि पनि चुमिन् ।

चाँडै नै सिँगापुरमा आयोजना हुने मिसेस इन्टरनेशलन २०२१ मा अब यी बिजेताले नेपालको प्रतिनिधित्व गर्दै भाग लिने छन् । यो प्रतियोगिताको आयोजना ग्लाम वल्र्ड इन्टरटेनमेन्टले गरेको हो ।

गत बैशाखमा आयोजना हुनु पर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण यतीबेला बल्ल सम्पन्न भएको हो । सो प्रतियोगितामा फस्ट रनरअपको उपाधि रमिता यादब र सेकेन्ड रनरअपको उपाधि सरिता श्रेष्ठले जिते । यस्तै रमिताले मस्ट डिसिप्लेनको अवार्ड पनि हाँसिल गरिन् । सरिताले रनरअपसँगै बेस्ट र्याम्प वाक, फिगर र फोटोजेनिकको उपाधि पनि जितिन् ।

उपाधि बिजेताहरुलाई पूर्व महिला बालबालिका तथा जेस्ट नागरिक मन्त्री चन्दा चौधरी, अभिनेता धिरेन शाक्य, आयोजक संस्थाकी अध्यक्ष एवम् अधिवक्त प्रीति कार्कीलगायतले ताज लगाईदिनुका साथै प्रमाणपत्र प्रदान गरेका थिए ।
यस्तै सो प्रतियोगितामा अन्य उपाधि तर्फ बबी शाहले बेष्ट स्माईल, रँगलक्ष्मी फुयाँलले बेस्ट स्किन, मलिसा शर्माले फेसबुक च्वाईस, शान्ति मगर लिम्बुले ब्युटीफुल र बेस्ट हेयर, अन्जना खड्काले बेस्ट डान्स, शोभा शाहीले कन्फिडेन्टको उपाधि हाँसिल गरे ।

महिलाहरुमा अत्म विश्वास बढाउँदै उनीहरुको व्यक्तित्व विकाश सहित नेपालको प्रतिनिधित्व गराएर अन्तराष्ट्रिय क्षेत्रमा पढाई नेपाललाई समेत चिनाउन आफुले यो प्रतियोगिता आयोजना गर्दै आएको आयोजक तथा अधिवक्ता प्रीति कार्कीले कार्यक्रममा बताईन् ।

यो प्रतियोगिता तीन वर्ष अघिबाट हुँदै आएको छ । यो प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने गरेको कार्यक्रमको कोरियोग्राफर अश्विनी झाले कार्यक्रममा प्रकाश पारे । यो प्रतियोगिताको निर्णायकमा मानव अधिकार परिषदका नेपालका अध्यक्ष तुलसी थापा, अभिनेता प्रदीप बास्तोला, विकाश चापागाई, संगीतकार सरोज प्याकुरेल, अभिनेत्री साक्षी लम्साल, चलचित्र मिसेज इन्टरनेशनल एशिया प्यासिफिक चन्दा थापा गिरी, मेकअप आर्टिस्ट द्धय गीता शाह, गीता पौडेल, निर्देशक ऋषीराज आचार्य, कल्याण अधिकारी, मधुसुदन भट्टराई र कलाकार प्रेम पाण्डे रहेका थिए ।