भब्य समेनिर आयोजना सहित कार्नबलको उत्पादन काठमाडौंमा बिक्री सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ साउन

बिगत तीन वर्षदेखि काठमाडौं बाहिरका विभिन्न शहरमा विक्री हुँदै आएको कार्बनल कम्पनीको (कार्बनल प्रोफेस्नल हङकङ) कस्मेटिक सम्बन्धि सामग्री अब काठमाडौं उपत्यकामा पनि पाइने भएको छ ।

काठमाडौंमा एक भव्य सेमिनार आयोजना गरेर कार्बनल कस्मेटिकका सामग्रीको बिक्री वितरण सुरु गरिएको छ । हङकङमा निर्माण हुँदै आएको कार्बनलको कस्मेटिक सम्बन्धि समाग्रीको नेपालमा माग भएपछि पोखराबाट तीन वर्ष अघि यसको वितरण सुरु गरिएको थियो । वितरक राजगोपाल सापकोटाका अनुसार  पोखरा सहित मोफसलका विभिन्न शहरमा यो कार्नभलका उत्पादनको ग्राहकमा मन जितेपछि यसलाई काठमाडौंका ग्राहक माझ पनि ल्याईएको हो । अब काठमाडौं उपत्यकाका बिज्ञ ब्युटिसियनहरु मार्फत कार्बनलको उत्पादनहरुको सेवा प्रदान गरिने नेपालका लागि आधिकारिक वितरक राजगोपाल सापकोटाले जानकारी गराएका छन् ।

काठमाडौंमा एक समारोह आयोजना गरेर कार्बनलको सामग्रीबारे जानकारी दिईएको छ । कस्मेटिक सम्बन्धि साइन्समा पहिलो पटक नेपालबाट स्नातक गरेकी कस्मोलोजिस्ट तथा रोज ब्युटि पार्लर एन्ड ट्रेनिङ सेन्टरकी म्यानेजिङ डिरेक्टर परिसी कारंजितले सो सेमिनारमा कार्नभलका सम्पूण उत्पादन सम्बन्धि जानकारी गराईन् । कार्बनलका कस्मेटिक समाग्रीहरु कुन अबस्थामा कसरी प्रयोग गर्ने भनेर परिसीले कार्यक्रममा सहभागीहरुलाई बताईन् । यो कम्पनीले उत्पादन गरेर सेवा दिँदै आएको विभिन्न हेयर कलर, भटामिन सेम्पु÷कन्डिस्नर, मल्टि फङसनल सेम्पु र कन्डिस्नर, केराटिन सेम्पु र कन्डिस्नर, हेयर ट्रिटमेन्ट क्रिम, डलक ट्रिटमेन्ट क्रिम, कोलाजिन हेयर क्रिम, स्ट्रेन्थ एन्ड कर्ली क्रिम, फाईभ इन वान स्ट्रेन्थ क्रिम, अकाई ओयल, अर्गान ओयल जस्ता विभिन्न सामग्री र यसको प्रयोग बारे परिसीले सो सेमिनारमा जानकारी गराईन् ।

यस्तै सो सेमिनारमा हेयर स्पेशलिष्ट रायन मँगोलले कपालका प्रकारहरु तथा कुन कपालमा कस्तो र कती मात्रामा कलर कसरी लगाउने भनेर जानकारी गराए । कपाललाई कसरी ब्लिचिङ गर्ने र विभिन्न प्रकारका कलरहरु कसरी तयार गरेर कसरी लगाउने भन्नेबारे उनले प्रतियोगीहरुलाई प्रत्यक्ष कलर लगाएर लगाएर देखाए । करिब पाँच घन्टाको प्रत्यक्ष हेयर कलर डेमो देखाएर रायनले सहभागीहरुलाई हेयर कल गर्ने तरिका सो कार्यक्रममा सिकाएका थिए ।

कार्यक्रममा अतिथिका रुपमा बरिष्ट ब्युटिसियन सोनी कारँजित, अनिता खड्का रायमाझी, रस्मिला श्रेष्ठ, सारदा क्षत्री, सुलोचना श्रेष्ठ, रिना अवाले, रचना शाक्य, रेणु राना मगरको उपस्थित थियो । रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले सँयोजन गरेको सो एक दिवसीय कार्यशाला आफुहरुका लागि निकै उपयोगी भएको कार्यक्रममा सहभागी विभिन्न व्युटिसियनहरुले बताए । सेमिनार कार्यक्रम निकै उपयोगी र कार्नबलका उत्पादनबारे जानकारी दिन सफल भएको आयोजक राजगोपाल सापकोटाले कार्यक्रममा प्रकाश पारे ।