ब्युटी न्युज नेपाल
काठमाडौं, १९ असार

बरिष्ट ब्युटिसियन सोनी काररंजितले शनिबार सौन्दर्यकर्मी सुहाना अर्यालको चन्द्रागिरी नगरपालिका सतुङ्गल काठमाडौँ स्थित फुलमुन ब्युटी स्टुडियो एण्ड ट्रेनीङ सेन्टरको उद्घाटन गरेकी छिन् । रोज शिप बिकास तालिम केन्द्र रविभवनकी अध्यक्ष तथा बरिष्ट ब्युटिसियन सोनीको प्रमुख आतिथ्यमा सो पार्लरको उद्घाटन सम्पन्न भएको हो ।

सो पार्लरको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् बरिष्ट ब्युटिसियन सोनी कारंजितले आफ्नो विधार्थी सुहानाले निकै सुविधासम्पन्न फुलमुन ब्युटिपार्लर सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गरिन् । सुहानालाई सो ब्युटिपार्लरको सफलताको शुभकामना दिँदै प्रमुख अतिथि एवम् बरिष्ट सौन्दर्यकर्मी सोनीले सतुँगल क्षेत्रमा यो पार्लरले गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरिन् । रोज शिप बिकास तालिम केन्द्रकि अध्यक्ष सोनीले आफ्ना विधार्थीहरु ब्युटिसियन क्षेत्रमा स्थापित हुँदा आफु अत्यन्त खुसी हुने गरेको बताउँदै सुहानालाई आशिर्वाद प्रदान गरिन् ।

सौन्दर्यकर्मी सुहाना अर्यालले यस अघि दहचोकमा सञ्चालन गरेको फुलमुन व्युटी पार्लरको दोश्रो साखाको रुपमा सतुँगलमा नयाँ र्पालर सञ्चालनमा ल्याएको बताईन् । फुलमुन ब्युटी स्टुडियो एण्ड ट्रेनीङ सेन्टरले सो क्षेत्रमा अत्याधुनिक प्रबिधि मार्फत ब्युटी सम्बन्धि सम्पूर्ण सुबिधा प्रदान गर्ने बताईन् । बिगत ६ वर्ष देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका सो पार्लर सञ्चालनमा ल्याएको पनि उनले उद्घाटन समारोहमा जानकारी गराईन् । आफ्नो पार्लरमा ब्युटी सेवासँगै महिलाहरुलाइ चाहिने ब्युटी सम्बन्धि सामग्री समेत बिक्रि वितरण हुने र ब्युटी सम्बन्धि विभिन्न कोर्षको प्रशिक्षण समेत दिईने उनले बताईन् ।

रिवन काटेर उद्घाटन सम्पन्न पछि केक काटेर खुसी साटिएको सो कार्यक्रममा सञ्चारकर्मी सूर्य चन्द, गायिका एवम् सञ्चारकर्मी सरिता भारती लगायत विभिन्न अतिथिहरुले सुहानालाई नयाँ पार्लरको सफलताको लागि शुभकामना दिएका थिए ।