अभिनेत्री वर्षा राउत पनि कोरोना सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ बैशाख

नेपाली चलचित्रका कलाकारहरु पनि एकपछि अर्को गर्दै कोरोना सँक्रमित भईरहेका छन् । अभिनेत्री केकी अधिकारीले कोरोना सँक्रमणपछि आफ्नो रिपोर्ट नेगेटिभ आएको बताउँदै गर्दा अर्की नायिका वर्षा राउत कोरोना सँक्रमित भएकी छिन् ।

उनले सामाजिक सञ्जाल मार्फत आफु कोरोना सँक्रमित भएको कुरा उल्लेख गरेकी छिन् । कोरोनाको लक्षण देखिएपछि परिक्षण गर्दा आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको अभिनेत्री वर्षाले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् ।

उनी अहिले घरमै आईसोलेट भएकी छिन् । स्वास्थ्य अबस्था सामान्य रहेको यी अभिनेत्रीले बताएकी छिन् । यस्तो अबस्थामा अरुलाई पनि सुरक्षित रहन यी अभिनेत्रीले आग्रह गरेकी छिन् ।