सेल्फ मेकअप प्रशिक्षण लिएकाहरुलाई प्रमाणपत्र


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ बैशाख

ललितपुर महानगरपालिक, वडा. नम्बर १२ को आयोजना तथा पियोर स्टाईलिष्ट ब्युटी होम ललितपुरको सँयोजनमा ७ दिने सेल्फ मेकअप तालिम सम्पन्न भएको छ ।

यो तालिममा सहभागीहरुलाई पियोर स्टाईलिस्ट ब्युटी होम, जाउलाखेलकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन रिना अवालेले ७ दिने मेकअप प्रशिक्षण दिईन् । एक साता लामो प्रशिक्षण दिएपछि सो मेकअप तालिमको एक समारोहबीच शनिबार समापन गरिएको छ ।

ललितपुर महानगरपालिक, वडा. नम्बर १२ का वडा अध्यक्ष नारायण लाल अवालेको आतिथ्यमा सम्पन्न यो कार्यशालाको समापनमा प्रशिक्षणमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरियो । सो वडाकी महिला समिति सँयोजक सरिता महर्जनको संयोजनमा यो तालिम सम्पन्न भएको हो ।

समापन समारोहमा अध्यक्ष नारायण लाल अवालेले तलिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरे । नारीहरुलाई आत्म निर्भर बनाउनका लागि आफ्नो वडाले यो प्रशिक्षण आयोजना गरेको वडा अध्यक्ष .अवालेले कार्यक्रममा बताए । यस्तै कार्यक्रम संयोजक सरिता महर्जनले यो प्रशिक्षण लिएका महिलाहरुले स्तरीय मेकअप गरेर आफुलाई सौन्दर्य पेशामा व्यबसायिक रुपमा अघि बढाउने विश्वास व्यक्त गरिन् ।

मेकअप प्रशिक्षक रिना अवालेले आफ्नो पार्लरले बेला बेलामा यस्ता प्रशिक्षण दिने गरेको र प्रशिक्षणबाट धेरैलाई सौन्दर्य क्षेत्रमा लाग्न प्रेरित गरेको बताईन् ।