धोका दिँदै दिनेशले अञ्जलीलाई भने ‘हत्ते नहाल’

ब्युटी न्युज नेपाल
काठमाडौं, १९ चैत

गायक तथा मोडल दिनेश थापा, लोकप्रिय गायिका भावना आचार्य र कामना वलीले आपसी सहकार्यमा नयाँ गीत ‘हत्ते नहाल’ सार्वजनिक गरेका छन् । दिपक शर्माको शब्द तथा संगीतमा तयार भएको यस लोक दोहोरी गीतलाई आधुनिक शैलीमा फ्यूजन गर्दै तयार पारिएको छ । गायक थापासँगै गायिकाद्वय आचार्य र वलीको सहकार्यमा यो गीतलाई सार्वजनिक गरिएको हो । गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । यस गीतको मिक्सिङ किशोर थापाले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोमा गायक दिनेश थापासँग अञ्जली अधिकारीको अभिनय छ । अनिल के. मानन्धरको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । दिनशन शाहको भिडियो सम्पादन रहेको यस भिडियोलाई गायक दिनेश थापाको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

हत्ते नहाल गीतका विषयमा गायक थापाले भने विवाहपछि कसैसँग परेको मायाप्रेमलाई प्रस्तुत गरिएको छ । गीतलाई मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिन थापाले अनुरोध गरेका छन् ।

गायिका भावना आचार्यको चर्चित गीतहरु बग्ने खोला बगी गो, माया बस्ला फेरि, जब माया नजिकै लगायतका गीतहरु बजारमा आइसकेका छन् । त्यस्तै गायक दिनेश थापाको स्वरमा बोली नफेर, पानी मिठो कलकल कुवाको लगायतका दर्जनौं गीत रहेका छन् भने उनको मोडलिङमा पनि दर्जनौं गीतहरु बजारमा उपलब्ध छन् । त्यस्तै कामना वलीका पनि धेरै गीत बजारमा आइसकेका छन् । यी तीनै जना प्रत्यक्ष लाइभ दोहोरीमा खप्पिस हुन् ।