पछ्यौरी लिस्यो एक करोड भ्युज


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ माघ

समीक्षा अधिकारी, अर्जुन सापकोटा र रविन लामिछानेको स्वरमा रहेको गीत पछेउरी लिस्यो…ले एक करोड भ्युज पाएको छ ।

यो गीतका श्रष्टाहरुले काठमाडौंमा बिहिबार प्रेस भेटघाट गर्दै आफ्नो गीतले पाएको सफलताको खुसी मनाएका छन् । यो गीतका मोडल एलम निर्माता बिमल अधिकारी, गायक अर्जुन सापकोटा, रविन लामिछानेलगायतले केक काटेर सञ्चराकर्मीसँग खुसी साटे ।

कार्यक्रममा बोल्दै गीतका निर्माता तथा मोडल बिमल अधिकारीले लोक गीतले एक करोडको भ्युज पाउनु सबैका लागि खुसीको खबर भएको बताए । अर्जुनले आफुलाई सो गीत सुनाउँदा गीतले करोडको सफलता पाउँछ भन्ने लागेको र आफुले त्यहिबेला घोषणा गरेको पनि उनले बताए ।

गायक अर्जुन सापकोटाले पनि गीतको लय तयार हुँदा नै श्रोताले मन पराउने जस्तो लागेरै यो गीत ल्याएको उनले बताए ।

गायिका समीक्षा अधिकारीले पनि आफुले अहिलेसम्म मन पराएको मध्यको राम्रो गीत पछेउरी लिस्यो भएको र यसले पनि करोडको सफलता हाँसिल गर्छ भन्नेबारे त्यतिबेलै आफु पक्का भएको पनि उनले बताए । आज यो गीतले एक करोड भ्युज पाउँदा आफु साहै खुसी भएको बताईन् ।