माया केवल माया भन्दै अभिनेता श्रीदेब


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ कात्तिक

अभिनेता श्रीदेव भट्टराईको अभिनयमा रोमाञ्चकारी गीत माया केवल माया…को भिडियो सार्वजनिक भएको छ । श्रीदेवले भने न्यु जेनेरन, शुकुलगुन्डा, विरानो माया जस्ता आधा दर्जन भन्दा बढी चलचित्र र किन आउँछ याद तिम्रो, वैगुनी रैछौ मायालु, धेरै माया जस्ता दर्जनौँ म्युजिक भिडियोमा काम गरिसकेका छन् । भिडियोमा गीतकारका रुपमा नाम कमाएका लोकराज अधिकारीले पनि विशेष भूमिका निर्वाह गरेका छन् ।
ममता चापागाईँले श्रीदेवलाई साथ दिएकी छिन् । यो ममताको ड्ब्यु भिडियो हो । पुष्पा खनालको शब्द र सरोज कोइरालाको संगीत रहेको “माया केवल माया“ मा सरोज कोइराला र अन्जु पन्तको स्वर रहेको छ ।

यो मेल भर्सन गीत हो । अन्जु पन्तको लिड भोकल र सरोज कोइरालाको साथ रहेको फिमेल भर्सन भने पछि सार्वजनिक गरिने गीतकार पुष्पा खनालले बताइन ।

आफ्नो जन्मदिनको अवसर पारेर पुष्पाले कार्तिक ८ गते शनिवार साँझ आफ्नै युट्युब च्यानल मार्फत मेल भर्सन सार्वजनिक गरेकी हुन् ।
गीतमा गोविन्द मधुर आचार्यको एरेन्ज छ । गीतलाई सन्तोष पौडेलले मिक्सिङ गरेका हुन् ।

भिडियोका लागि श्रृंगार र केश विन्यास सपना लम्सालको छ । सुहाउँदो पोशाक डिजाइन भ्यालेन्टिनो द बुटिककी सुक्निता चौलागाईँले गरेकी हुन् । क्यामरा अजय रेग्मीको छ । भिडियोमा हेम प्रभासको निर्देशन, सन्तोष दवाडीको सम्पादन रहेको छ ।