बीर अस्पतालमा आजबाट दुई दिन ओपिडी सेवा बन्द


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ भदौ,

युरिन सम्बन्धि समस्या लिएर मँगलबार बिहान नेपालको जेठो अस्पताल बीर अस्पताल पुगेका नुवाकोटाका रमेश बहादुर बस्नेतले परीक्षण नै नगरी त्यत्तिकै फर्कनु पर्यो । उनी जस्तै अरु थुप्रै विरामीले बुधबार बीर अस्पतालमा बहिरंग (ओपिडी) सेवा पाएनन् ।

सो अस्पतालको प्रशासनले कोरोनाको कारण देखाउँदै बुधबारबाट २ दिनसम्मको लागि बीर अस्पतालको ओपिडी सेवा बन्द गरेको छ । मंगलबार दिउँसो थप तीन जना बिरामी र १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारी गरी १६ जनामा कोरोना संक्रमण देखिएको भन्दै प्रशासनले वीर अस्पतालको ओपीडी बन्द गरेको जनाएको छ । आकस्मिक र प्रशासनिक सेवा भने नियमित रुपमा सञ्चालन भईरहेको पनि जानकारी दिईएको छ ।

अहिलेसम्म १२ चिकित्सक, १२ नर्ससहित ७१ जना स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । उनका अनुसार निसंक्रमण र कन्ट्याक्ट टेसिङका लागि दुई दिन ओपिडी बन्द गर्ने निर्णय गरिएको हो ।