नेपालमा आज ८९९ जनामा सँक्रमण, थप ७ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ भदौ

आज सोमबार नेपालमा ८९९ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । नेपालमा पछिल्लो २४ घन्टामा देशभर ११ हजार १२९ आज पिसिआर परिक्षण गर्दा ८९९ जनामा कोरोना सँक्रमण देखिएका स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । ३९ हजार ४६० जनालाई हालसम्म कोरोना सँक्रमण भईसकेको पनि डा. गौतमले बताए ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २९८ जनामा कोरोना सँक्रमण देखिएको छ । जसमा काठमाडौंमा १९०, ललितपुर ६७ जना र भक्तपुर ४१ मा जनामा कोरोना सँक्रमण देखिएको छ ।

यतिबेला देशभरका क्वारेन्टाईनमा ७ हजार ३३७ जना रहेको पनि डा. गौतमले बताए । यस्तै देशभरका क्वारेन्टाईनमा १७ हजार ८२२ जना रहेको पनि डा. गौतमले बताए । पछिल्लो २४ घन्टामा ५८८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म देशभर डिस्चार्ज हुनेको सँख्या २१ हजार ४१० जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु भएको छ । मृतकमा एक बालिका सहित ३ महिला र ४ पुरुष छन् । जसमा महोत्तरीकी १ बालिका, गोरखाकी १ महिला र रुपेन्देहीकी १ महिला छन् ।

यस्तै पुरुष तर्फ झापा, रौतहट, चितवन, भक्तपुरका १ १ जना रहेका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या २२८ जना पुगेको छ ।