हालसम्म बिदेशबाट ५३ हजार ६ सय ९९ जना नेपालीको उद्धार


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ भदौ

विश्वभर कोरोना भाईरसको महामारी फैलिएपछि विभिन्न देशमा रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारलाई नेपाल ल्याउने क्रम जारी छ ।

यसै क्रममा यो शनिबारसम्म विदेशमा अलपत्र परेका ५३ हजार ६ सय ९९ जना नेपालीको उद्धार गै्ररआवासीय नेपाली संघले जनाएको छ । संघका प्रेस संयोजक चिरन शर्माले एक विज्ञिप्ती आईतबार बिहान जारी गर्दै सो जानकारी दिएका हुन् ।

गैरआवासीय आवासीय नेपाली संघ, नेपाल सरकार, विदेशस्थित कूटनीतिक नियोग एवं दूतावासको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो ।