टिकटक तीज क्विन मनिका


ब्युटी न्युज नेपाल
इटहरी, ५ भदौ

‘टिकटक तीज क्विन २०७७’ को उपाधि मनिका बोहोराले तिजेकी छिन् । यस्तै सो प्रतियोगितामा फस्र्ट रनरअप एलिशा क्षेत्री र सेकेन्ड रनरअप सिर्जना पोख्रेल भएका छन् । यस्तै सबटाईटल तर्फ बेस्ट ड्रेसअप मन्जु मगर, बेस्ट एक्स्प्रेसन भावना श्रेष्ठ, बेस्ट डान्स जुनु श्रेष्ठ, ब्युटीगर्ल ईजिना चौलागाईं, बेस्ट क्वालिटी संगीता रेग्मी, बेस्ट लिटिल स्टार अज्लिना शर्मा र मिस चार्मिङको अवार्ड रश्मिता श्रेष्ठले जितेकी छन् ।

त्यस्तै जन्मजात अपाङ्ग भएर सुन्दर जिन्दगी जिउन कोशिस गरिरहनु भएकी हेटौडाकि देवि ढुङेलको स्वईच्छाले प्रतियोगितामा सहभागीता रहेको थियो । त्यो इच्छा शक्तिलाई सम्मान गर्दै आयोजक टिमको तर्फबाट २ हजार ५०० नगद ‘प्रोत्साहन पुरस्कार’ स्वरुप दिने घोषणा समेत भएको छ । कार्यक्रमलाई इटहरीको डिथ्री अनलाईन र परिकला मिडिया प्रालिले आयोजना गरेको हो ।

डिथ्रीको स्टुडियोबाटै लाईभ गरिएको कार्यक्रममा साङितिक माहौलका लागि गायक तथा रचनाकार केशब राईको उपस्थिति रहेको थियो । राईले आफ्नो विभिन्न गीतहरु सुनाएका थिए । उक्त लाईभ कार्यक्रमबाट बिजेताहरु घोषणा मात्र गरिएको तर पुरस्कार बितरणको कार्य भने बाकी नै रहेको प्रतियोगिताको कन्सेप्ट डिजाईनर, ब्यवस्थापक तथा परिकला मिडिया प्रालीका प्रवन्ध निर्देशक सुवास श्रेष्ठ संकल्पले बताए । कोरोनाको त्रास कम भएपछि एक औपचारिक कार्यक्रमको आयोजना गरि बिजेताहरुलाई पुरस्कार तथा अवार्ड बितरण गरिने संकल्पले बताए ।