काठमाडौं उपत्यकामा मात्र १३४ जनामा कोरोना सँक्रमण 


ब्युटी न्युज नेपाल

काठमाडौं, २७ साउन,

आज मँगलबार देशभर ६३८ जनामा कोरोना सँक्रमण भएको छ । जसमध्य काठमाडौं उपत्यकाका मात्र १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

डा. गौतमका अनुसार काठमाडौंंमा अहिलेसम्मकै सबैभन्दा बढी ११० जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । यस्तै आज ललितपुरमा १६ जनालाई कोरोना सँक्रमण भएको छ । उता भक्तपुरमा ८ जनामा संक्रमण देखिएको पनि डा. गौतमले बताए ।

काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । सँक्रमितहरुसँग सम्पर्कमा आएकाहरुको ट्रेसिङ कार्य भईरहेको छ ।