फेरी बढ्यो कोरोना, आज ६३८ सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ साउन

नेपालमा आज मँगलबार कोरोण सँक्रमण ह्वात्तै बढेको छ । आज ६३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४६२ पिसिआर परीक्षण भएकामा ६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार ९४८ पुगेको डा. गौतमले बताए ।

आज काठमाडौं उपत्यकामा मात्र १३४ जना कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौंका ११०, ललिपतुरका १६ र भक्तपुुरका ८ जनालाई कोरोना संक्रमण भएको डा. गौतमले बताए ।

यस्तै पर्साका ७०, मोरङका ४२, सर्लाहीका ४१, बाराका ३९, रुपन्देही र सुनसरीका ३३र३३ जना, धनुषाका २४, रौतहटका २०, कपिलवस्तुका १८, प्युठानका १७, उदपयपुरका १६, सप्तरी र सिराहाका १३ र १३, महोत्तरीका १२, धादिङका ११, झापाका १० र दाङका ९ जनामा कोरोना संक्रमण भएको डा. गौतमले बताए ।

कास्की र सुर्खेतका ५र५ जना, काभ्रे ४, चितवन र नुवाकोटका ३र३ तथा पर्वत, सल्यान, दैलेख, बाग्लुङ, तनहुँ, नवलपरासी र ओखलढुंगाका २र२ मा संक्रमण देखिएको छ ।

यस्तै रामेछाप, धनकुटा, रुकुम पश्चिम, सिन्धुपाल्चोक, खोटाङ, स्याङ्जा, अछाम, अर्घाखाँची, दोलखा, इलाम, जाजरकोट, कालीकोट, पाँचथर, दार्चुला, बर्दिया, मकवानपुर र गोरखाका १र१ जना संक्रमित भएको डा. गौतमले बताए ।

यतीबेला मुलुकका विभिन्न आईसोलेसन सेन्टरमा ७ हजार २०१जना कोरोनाको उपचाररत छन् । क्वारेन्टिमा रहनेको सङ्ख्या ११ हजार ५८ छ ।

डा जागेश्वर गौतमका अनुसार आज कोरोना मुक्त भएर १७१ जना डिस्चार्ज भएका छन् भने यो सँगै हालसम्म नेपालमा कुल १६ हजार ६६४ जना कोरोना मुक्त भएका छन् ।

त्यसैगरी नेपालमा थप चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ ।