टिकटकमा भाईरल अकेशा तीज भिडियोमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ साउन

टिकटकमा भाइरल भएकी बालकलाकार आर्टिस्ट अकेशा पोखरेल यतीबेला म्युजिक भिडियोमा प्रस्तुत भएकी छिन् । उनको अभिनय रहेको तीज गीत ‘रातो रातो सारी…’ सार्वजनिक भएको छ ।

गीतमा राजन कार्की र मिना तिवारीको स्वर रहेको छ । राजन÷मिनाकै शब्द, राजनको सङ्गीत, सङ्गीत–संयोजन र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

पछिल्लो समय आएका तीज गीत भन्दा फरक गीतमा पछिल्लो समय टिकटकमा अत्याधिक रुचाइएकी अकेशा निकै आकर्षक देखिएकी छन् । अकेशा क्युट देखिएकी छन् भने अभिनय पनि त्यतिकै राम्रो रहेको छ ।

सन्तोष पोखरेलको निर्देशन र डीएन राईको कोरियोग्राफ रहेको गीतको भिडियोमा अकेशा पोखरेल, रोविन पोखरेल र स्मृती वस्नेतको अभिनय तथा नृत्य छ ।

गीतको भिडियो अकेशा पोखरेलको युट्युव मार्फत सार्वजनिक गरिएको छ । मुकेश हुमागाईंको छायाँकन रहेको गीतको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् ।